Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14041 - 14046 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-11-08, मंगलवार
पछिल्लो रिलिज फिल्म 'पशुपतिप्रसाद'को एक पात्र 'हनुमानजी' ले राम्रै चर्चा पायो । यो पात्र निभाउने अभिनेता थिए, रविन्द्रसिंह बानियाँ । हनुमानको मुकुण्डो भिरेरै काम गर्दा धेरै समय अनुहार नै नदेख्दा समेत रविन्द्रसिंहले अभिनयको राम्रो तारिफ भेटे । 
 
फिल्मीखबर, काठमाडौं, 2016-11-07, सोमवार
राजधानीमा यहि महिन हुन गइरहेको  ‘एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सव’ चौथो संस्करणमा संसारभरीका ३० मिनेट भन्दा कम समयका, कुल ७८ वटा लघु चलचित्रहरू सहभागीता हुने भएका छन् । राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै फेस्टिभलको तयारीको बारेमा जानकारी गराईयो ।
फिल्मीखबर, काठमाडौं, 2016-11-07, सोमवार
नेपाली फिल्मको विजनेसमा ऐतिहासिक रेकर्ड कायम गरेको फिल्म 'छक्का पञ्जा' युएईका आठ शहरमा एकसाथ प्रदर्शन हुने भएको छ ।  आगामी नोभेम्बर १० तारिक देखि युएईका बिभिन्न ८ शहरका  १७  थियटरमा एकसाथ फिल्म लाग्ने भएको हो ।
फिल्मीखबर, काठमाडौं, 2016-11-07, सोमवार
सौगात मल्ल भर्सटायल अभिनेतामा गनिन्छन् । उनको अभिनय कला अनि आनिबानीले धेरैलाई लालायित पार्छ । सामाजिक सञ्जालमा राम्रै प्यान फ्लोईङ बटुलेका सौगातसँग काम गर्न धेरैले इच्छा व्यक्त गर्छन् ।
फिल्मीखबर, काठमाडौं, 2016-11-06, आईतवार
माघे सक्रान्ति नेपाली फिल्मको लागी ठुलो चाड मानिन्छ । राम्रा बनेका फिल्म यो मितिमा राम्रै चल्छन् । प्रायः जसो हरेक बर्ष माघे संक्रान्तिको छेकोमा कम्तिमा तीन फिल्म भिडेकै हुन्छन् । यो बीचमा यो बर्ष पनि यदि तोकिएकै रिलिज कन्फर्म हुँदा माघे संक्रान्तिको छेकोमा आउँदो पौष २९ मा चार फिल्म भिड्ने देखिएको छ ।
फिल्मीखबर, काठमाडौं, 2016-11-06, आईतवार
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास)को आयोजनामा यहि कार्तिक २४ मा भारतको सिक्किममा हुन गईरहेको चौथो ईनास अवार्डको विवाद उत्कर्षमा पुगेको छ । नेपाल च्याप्टरलाई आयोजक बनाएर ईनासको ग्लोबल समितिको तर्फबाट हुन लागेको अवार्डलाई अन्ततः नेपाल च्याप्टरले नै बहिष्कार घोषणा गरेको छ ।
Results : 14041 - 14046 of 23748
Most Visited News (monthly)