मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.67/5.00)
Text size:-
+
-

'बाहुबली २' लाई मैदान खाली, किन आएनन् नेपाली फिल्म ?

फिल्मीखबर, काठमाण्डौ, 2017/04/28
यो नेपालमा पहिलो पटक हुँदैछैन्, यसअघि पनि हामीले यस्ता खबरहरु धेरै पटक सुन्दै आइरहेका छौ कि बलीउडका ठूला फिल्म रिलिज हुँदा नेपाली कुनै पनि फिल्म हलमा छिर्दैनन् । कारण एउटै हो, बलीउडका ठूला फिल्मका अगाडी नेपाली हलमै नेपाली सिनेमाले स्थान पाउँदैनन् । 
 
हिन्दी र अंग्रेजी फिल्म विस्तापित गर्नु पर्छ र आफ्नै मुलुकमा बनेका फिल्महरुलाई स्थान दिनु पर्छ भन्ने बहस बारम्बार चलेपनि त्यो अहिलेसम्म व्यवहारमा लागू भएको छैन् । हामी सबैले सधै यही एउटै कुरा सुनिरहेका हुन्छौं नेपाली फिल्मले लगानी पनि सेभ गर्न सकेनन् । सानो भनिएको नेपाली बजारमा बलीउड फिल्महरुले भने करोडौं छाप्ने गर्छन । 
 
बलीउडका शाहरुख खान, सलमान खान, आमिर खान, अक्षय कुमार लगायतका स्टारहरुको फिल्मले नेपाली बजारबाट करोडौं छाप्दा नेपाली फिल्मले घरेलू बजारबाट करोडको व्यापार पनि किन गर्न सक्दैनन् त ? यो अहिले जटिल प्रश्न बनेको छ । हुनत, राम्रा फिल्म बने नेपालमै करोडौं टिप्न सकिन्छ भन्ने उदारहण 'छक्का पन्जा', 'जात्रा', 'लुट २' जस्ता फिल्महरुले दिएका छन् । 
 
लगानी सेभ हुने वातावरण छैन् भन्ने बहस चल्दै गर्दापनि प्रत्येक हप्ता नेपाली फिल्मको भिडन्त भने गज्जबकै हुने गर्छ । धेरै पर किन जाने बैशाख १ गते रिलिज भएका तीन ठूला फिल्महरुलाई नै हेनूस् । पछिल्लो समय सालो रिलिज कमै नेपाली फिल्मले पाएका छन् नभए त एकै हप्ता एकसाथ दुईभन्दा बढी फिल्मको भिडन्त त प्राय हुँदै नै आइरहेको छ । 
 
 
बैशाख १ गते रिलिज भएका तीन ठूला फिल्म 'लभ लभ लभ', 'राधे' र 'घामपानी' पछि यस बर्ष अन्य कुनै पनि नेपाली फिल्म हलमा लागेका छैनन् । पहिलो हप्ता र दोस्रो हप्ता यी तीन फिल्मले वाँडीचुँडी दर्शक आफ्नो पक्षमा पारे । यो हप्ता नेपाली फिल्म कुरेर बसेका दर्शकहरु झन निराश बनेका छन् किनकी यो हप्ता पनि कुनै नयाँ नेपाली फिल्म हलमा लागेको छैन् । 
 
आजबाट बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म 'बाहुबली २' विश्वभर एकसाथ रिलिज भएको छ । २०१७ को सबैभन्दा ठूलो प्रदर्शन मानिएको 'बाहुबली २' ले नेपालमा पनि आक्रामक व्यापार गर्नेमा शंका छैन् । नेपालका अधिकांश मल्टिप्लेक्स र सिंगल हलमा रिलिज भएको 'बाहुबली २' सँग भिड्न यस हप्ता कुनै पनि नेपाली फिल्म हल छिरेका छैनन् । यस कारण पनि अबको केही हप्ता 'बाहुबली २' ले नेपालमा एकलौटी राज गर्नेछ । 
 
नेपालमा 'बाहुबली २' को बुधवारबाट मल्टिप्लेक्समा बुकिङ खुल्ला गरिएको थियो । बुकिङ खुल्ला गरिएको दिननै आगामी सोमबारसम्मका लागि सबै मल्टिप्लेक्स हाउसफूल भैसकेका छन् । २५० करोडमा बनेको 'बाहुबली : द कन्क्लूजन' मा प्रभास, राणा दग्गुबाती, अनुष्का शेट्टी, तमन्ना, राम्या कृष्णन र सत्यराज महत्वपूर्ण भूमिकामा छन् । 'बाहुबली २' नेपालका १३० सिनेमा एकसाथ रिलिज भएको छ ।