मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'छक्का पन्जा २' फ्लोरमा, भित्रिए यी दुई अनुहार

फिल्मीखबर, काठमाण्डौ, 2017/04/27
गएको बर्ष रिलिज भएको बल्कबस्टर फिल्म 'छक्का पन्जा' को सिक्वेल आजबाट फ्लोरमा गएको छ । बिहीवार भक्तपुरको सूर्यविनायक मन्दिर क्यामेरा पूजा गर्दै फिल्म 'छक्का पन्जा २' को सुटिङ सुरु भएको हो । महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले फिल्मको सफलताको कामना गर्दै क्ल्याट ठोके भने कलाकार किरण केसीले नरिवल फुटाएर फिल्मको शुभसाइत गरेका थिए । 
 
फिल्मको फस्ट सट् नायिका स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकालले आफ्नो संवाद बोल्दै दिएका छन् । फिल्ममा 'छक्का पन्जा' कै अधिकांश कलाकारहरु दोहोरिएका छन् भने लिड रोलमा स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकालको ईन्ट्री भएको छ । स्वस्तिमाले यसअघि 'होस्टेल रिर्टन्स' र 'लभ लभ लभ' मा काम गरिसकेकी छिन् भने स्वरूपपुरुष ढकालले 'सुस्केरा' नामक फिल्ममा काम गरेका छन् । 
 
'नाई नभन्नू ल' फेम निर्देशक विकासराज आचार्यको कथा रहेको यो फिल्ममा उनी नै कार्यकारी निर्माताको रुपमा रहेका छन् । ४० दिनसम्म खिचिने फिल्मको लागत भने १ करोड २० लाख रहेको फिल्मकी निर्देशक दीपाश्री निरौलाले जानकारी दिइन् । फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको पनि मुख्य  भूमिका रहनेछ । फिल्मको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् ।
 
 
फिल्मका मुख्य कलाकार तथा निर्माता दीपकराज गिरीले 'छक्का पन्जा २' फरक कथावस्तुमा निर्माण भएका कारण सिक्वेल भन्न नमिल्ने बताए । उनले भने, 'छक्का पन्जाकै अधिकांश कलाकारहरु यो फिल्ममा पनि दोहोरिएका कारण सिक्वेल लाग्न सक्छ तर कथावस्तु फरक छ ।' उनले अधिकांश यूवाहरु विदेश पलायन हुँदा देशको विकास कसरी हुन्छ भन्ने सामाजिक कथावस्तुलाई फिल्ममा उतारिने जानकारी दिए । 
 
त्यस्तै, निर्देशक दीपाश्री निरौलाले 'छक्का पन्जा २' मा आफुले थप मिहेनत गर्ने बताइन् । उनले भनिन्, 'छक्का पन्जा सुपरहिट भयो त्यसैले पनि मलाई थप जिम्मेवारी थपिएको छ । मलाई जसरी पूरा टीमले यसले 'छक्का पन्जा २' निर्देशन गर्न सक्छ भनेर फेरी पनि जुन विश्वास गर्नु भएको छ त्यसलाई म निराशामा परिणत हुन दिन्न् । र, दर्शकहरुले जुन अनुसारको अपेक्षा 'छक्का पन्जा २' बाट गर्नुभएको छ त्यसमा पनि म चुक्न दिने छैन् ।' 
 
 
दीपक-दीपाको प्रस्तुतीमा तयार हुन लागेको यो फिल्ममा जीतु नेपाल, माग्ने बुढो डट कम, ताराचन्द्र चापागाँई , सुमन गिरीको लगानी रहनेछ । यसै बर्षको असोज ११ गते रिलिज हुने समेत फाइनल भैसकेको 'छक्का पन्जा' को पहिलो भागले सय दिन मनाउँदा १७ करोडको विजनेश गरेको थियो । 'छक्का पन्जा २' को सुट काठमाडौंमा ६० प्रतिशत हुनेछ भने चित्लाङ लगायतका ठाउँहरुमा बाँकी छायांकन हुने निर्देशक दीपाश्रीले जानकारी दिइन् ।