मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हेर्नूस् यो घरमा बस्थे विनोद खन्ना !

एजेन्सी, मुम्बई, 2017/04/28
हिजो बिहीवार ७० बर्षको उमेरमा बलीउड अभिनेता विनोद खन्नाको निधन भयो । उनलाई ब्लड क्यान्सर थियो । गएको झण्डै २ महिनादेखी विनोदको गिरगांवको एचएन रिलायन्स फाउन्डेशन एन्ड रिसर्च सेन्टरमा उपचार भैरहेको थियो । अप्रिलको सुरुवातमा उनको एक फोटो बाहिर आएको थियो, जसमा उनी निकै कमजोर देखिएका थिए ।
 
करिब १४४ भन्दा बढी सिनेमामा काम गरिसकेका विनोद खन्ना साउथ मुम्बईको मालाबार हिल स्थित यो अपार्टमेन्टमा बस्दै आइरहेका थिए । उनको घर यो बिल्डिंगको १३ औं फ्लोरमा छ, जहाँ उनी दोस्री श्रीमती कविता र दुई बच्चा छोरा साक्षी र छोरी श्रद्धासँगै रहँदै आएका थिए ।