मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो छ विनोद खन्नाको लभ लाइफ !

एजेन्सी, मुम्बई, 2017/04/27
आफ्नो समयका सुपरस्टार विनोद खन्नाको रिल लाइफ जस्तै रियल लाइफ पनि कम रोमान्चक छैन् । उनको कयौं बलीउड सुन्दरीहरुसँग नाम जोडिने गर्थ्यो एकताका । जब उनले १९६८ मा फिल्मी दुनियाँमा पाइला राखे त्यसको तीन बर्ष पनि पूरा नहुँदै विनोदको जिन्दगीमा आएकी थिइन् गीताञ्जली । उनीहरुले १९७१ मा विवाह गरे । 
 
विवाहपछि उनको फिल्मी यात्रा झन बेगले दौडिन थाल्यो । उनलाई एकपछि अर्को गर्दै ठूला-ठूला फिल्मबाट अफर आए । यसैबीच १९७७ मा विनोद खन्ना र परवीन बाबीको फिल्म 'अमर अकबर एंथनी' ले बक्सअफिसमा धमका मच्चायो ।  यो फिल्म हिट भएपछि विनोद खन्नाको नाम परवीन बाबीसँग जोडिन सुरु भएको थियो । 
 
यसैबीच ८० को दशक सुरु भयो । फिल्म 'दौलत' को छायांकन भैरहेको थियो । यो फिल्मकी अभिनेत्री थिइन् जीनत अमान । त्यसबेलाकी सबैभन्दा सुन्दर अभिनेत्रीको रुपमा जीनतलाई चिनिन्थ्यो । त्यस्तै, विनोद खन्ना पनि आफ्नो समयका सबैभन्दा ह्यान्डसम अभिनेताहरु मध्येका एक थिए । त्यस बेला उनीहरुको सम्बन्धको चर्चा खुबै हुने गर्थ्यो । यो सम्बन्ध कहाँ सम्म पुग्यो त्यो कसैलाई थाहा छैन् । 
 
फिल्ममा राम्रै थियो, माग पनि कम्ता थिएन तर उनले फिल्मबाट सन्यास लिएको घोषणा नै गरे र आफ्नी श्रीमती, बच्चा छोडेर रजनीश (ओशो) को अनुयायी बने । उनी करिब ४ बर्ष अमेरिका बसे । त्यसबेला विनोद र श्रीमती गीताञ्जलीको सम्बन्ध राम्रो थिएन । गीताञ्जलीबाट दुई छोरा अक्षय खन्ना र राहुल खन्ना जन्मिएका थिए । 
 
जब अमेरिकाबाट विनोद खन्ना भारत फर्किए तब सबै कुरा बदलिसकेको थियो । श्रीमती गीताञ्जलीले डिभोर्स दिइन् विनोदलाई । गीताञ्जलीले डिभोर्स दिएको केही बर्षपछि विनोदले कवितासँग विवाह गरे । कविताबाट एक छोरा र एक छोरी छन् । 
 
यही क्रममा विनोदको नाम फेरी एक अर्की अभिनेत्रीसँग जोडियो अमृता सिंह । बताइन्छ कि अमृतासँग विनोद निकै नजिक भएका थिए । कुरा विवाहसम्म पनि पुगेको थियो । तर, उनीहरुको सम्बन्धमा पनि त्यसै ब्रेक लाग्यो । 
 
विनोद खन्नाको बिहीवार ७० वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । केही समय अघिदेखि गिरगाउँस्थित एचएन रिलायन्स फाउन्डेसन एन्ड रिसर्च सेन्टरमा उनको उपचार भैरहेको थियो ।