मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपिकासँग कम्पेयर गरेपछि प्रियंकाले खोलिन् मुख

फिल्मीखबर, काठमाण्डौ, 2017/04/28
प्रियंका चोपडा र दीपिका पादुकोण बलीउडका सर्वाधिक डिमान्डिङ एक्ट्रेस मध्येका हुन् र यी दुई हलीउडमा पनि विस्तारै विस्तारै आफ्नो पाइला दरिलो बनाउँदै गएका छन् । बाजीराव(मस्तानीमा एकसाथ काम गरेपछि यी दुईको लगातार कम्पेरिजन गर्ने गरिएको छ । बताइदिउँ, दीपिकाले 'xXx: The Return Of The Xander Cage' बाट हलीउडमा ईन्ट्री गरिन् भने प्रियंकाले 'Baywatch'बाट डेब्यू गर्दैछिन् । 
 
 
हालैमा एक प्रेस कन्फ्रेन्समा प्रियंकालाई यो प्रश्न सोधियो कि दीपिकासँग तपाईको कम्पेरिजन हुँदा कस्तो महशुस हुन्छ ? तब उनले उत्तर दिइन्, 'मेरो कम्पेरिजन त सधै नै हुँदै आइरहेको छ र मलाई यसबाट कुनै दुख महशुस हुँदैन । हरेक रिलिजको दौरान मलाई  कम्पेयर गर्ने गरिन्छ । अब त मलाई यसको बानी पनि परिसकेको छ ।'