मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बेलायतमा दया र सौगातको 'लप्पन छप्पन'

फिल्मीखबर, काठमाण्डौ, 2017/04/28
गएको बर्ष रिलिज भएका ८८ फिल्म मध्ये हिट फिल्मको सूचीमा आफ्नो नाम दर्ता गराएको 'लप्पन छप्पन' ले अब विदेश प्रदर्शन आरम्भ गर्ने भएको छ । सौगात मल्ल र दयाहाङ राई अभिनित 'लप्पन छप्पन' को पहिलो विदेश प्रदर्शन बेलायतबाट सुरु हुन लागेको हो । 
 
३२ बक्स नामक एउटा समूहले बेलायतको प्रिन्सेल हल अल्डरसटमा आगामी ७ मे, आइतबार र हयारो सफारी सिनेमा हलमा १३ मे शनिवारका दिन 'लप्पन छप्पन' प्रदर्शन गर्दैछ । ६ सय ८० जना सिट क्षमता भएको प्रिन्सेल हल बेलायतबासी नेपालीमाझ निकै चर्चित छ । आयोजकमध्ये एक एलबीजेड गुरुङले बेलायतमा नेपाली चलचित्र प्रवद्र्धन र बजार विस्तारका लागि आफ्नो समूहले नियमित फिल्म प्रदर्शन गरिरहेको बताए । 
 
फिल्म २९ अप्रिलमा आसफोर्ड लगायत अन्य शहरमा समेत प्रदर्शन गर्ने तयारी पनि भैरहेको गुरुङले बताए । स्विजरल्याण्ड, नेदरल्याण्ड, बेल्जियम लगायतका स्थानमा खिचिएको यो फिल्ममा दया र सौगातका अलवा बर्षा सिवाकोटी, अर्पण थापा, श्याम श्रेष्ठ, देवु श्रेष्ठ, शिव खरेल, प्रकाशजंग शाह, सुन्दर श्रेष्ठ, शान्ती भट्टको लिड रोल छ । फिल्ममा मुकुन्द भट्टको लेखन तथा निर्देशन छ ।