Most Recent News Headlines
Results : 13915 - 13920 of 23748

फिल्मीखबर, काठमाडौं, 2016-12-16, शुक्रवार
युवा स्टार अनमोल केसी तथा पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ स्टारर फिल्म 'गाजलु' ईन्टरनेटमा रिलिज भएको छ । बर्ष २०७३ को नाफा कमाउने पहिलो फिल्म गत जेठ २८ मा सार्वजनिक प्रदर्शनमा आएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2016-12-16, शुक्रवार
पुस २ गते हुने भनिएको निर्माता संघको चुनाव स्थगित भएको छ । निर्माता संघका केही असन्तुष्ट सदस्यले पुरानो हिसाब किताब फस्र्यौट नगरी साधारण सभा गर्न नदिने जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि कार्यतालिका समेत निस्किसकेको निर्माता सघको चुनाव घोषित मितिमा हुन असम्भव भएको हो । तर निर्वाचन समितिले औपचारिक रुपमा चुनाव रोकिएको सूचना जारी गरेको छैन ।

फिल्मीखबर, काठमाडौं, 2016-12-16, शुक्रवार
देशसँगै विदेशमा पनि ‘जात्रा’ले सफलताको झन्डा गाड्ने क्रम जारी छ । विदेशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको फिल्म आउँदो जनवरीमा क्यानडामा पनि प्रदर्शन हुन लागेको छ । ‘जात्रा’ क्यानडाको रेजिना सास्काटचेवानमा ७ तारिखमा प्रदर्शनमा आउन लागेको हो ।

फिल्मीखबर, काठमाडौं, 2016-12-15, बिहिवार
स्टार अभिनेताको छबि बनाएका निखिल उप्रेतीले नेपाली रजतपटमा डेब्यू गरेको 'पिँजडा'को नाम सापटी लिएर फिल्म बन्ने भएको छ । निखिल नै लिड अभिनयमा रहने गरी 'पिँजडा ब्याक अगेन' को निर्माण घोषणा गरिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2016-12-15, बिहिवार
न्यू कमर कास्ट रहेको फिल्म 'समर्पण' यहि पौष १५ मा रिलिज हुँदैछ । फिल्मबाट नव अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् रञ्जु शर्मा । उनै रञ्जु फिल्मीखबरसँगको कुराकानीमा केहि खुलिन् अनि रिलिजको पहिलो फिल्मलाई लिएर प्रफुल्लित देखिईन् ।

फिल्मीखबर, काठमाडौं, 2016-12-15, बिहिवार
पछिल्लो बर्ष २०७२ को हिट फिल्म 'पशुपतिप्रसाद' निर्माता निर्देशकको दोस्रो टिमअपमा बन्दै गरेको फिल्म 'धनपती'को कास्टिङ लाईनअप पुरा भएको छ । निर्देशक दिपेन्द्र के खनालले अभिनेत्रीमा सुरक्षा पन्त अनुबन्ध भएसँगै सम्पुर्ण कलाकार फाइनल भएको बताए ।
Most Visited News (monthly)

