मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

सलमानको फिल्ममा अक्षय र कैटरीनाको जोडी

एजेन्सी, मुम्बई, 2017/05/17
बलीउडका खिलाडी अक्षय कुमार र बार्बी गर्ल कैटरीना कैफको जोडीले एकपटक फेरी सिल्भर स्क्रिनमा धुम मच्चाउने भएका छन् । अक्षय र कैटरीनालाई गएको सात बर्ष अगाडि एउटै फिल्ममा देखिएको थियो । 
 
चर्चा छ कि यी दुई चाँडै नयाँ फिल्ममा एकसाथ देखिँदैछन् । अक्षय र कैटरीनालाई पछिल्लो पटक फराह खानको फिल्म 'तीस मार खां' मा एकसाथ देखिएको थियो । सलमान खान फिल्मस र धर्मा प्रोडक्शन एक फिल्म एक साथ बनाउँदैछन्, जसमा अक्षय कुमार लिड रोलमा रहने फाइनल भैसकेको छ । खबर यो छ कि यो फिल्ममा हिरोइन कैटरीना कैफको नाम अगाडि आएको छ । यो फिल्मका निर्देशन अनुराग सिंह गर्दैछन्, जो अक्षय-कैटरीनाको फिल्म 'हमको दीवाना कर गए' को असिस्टेन्ट डायरेक्टर थिए । 
 
चर्चा यो छ कि कैटरीना पनि अक्षयसँग एकसाथ फिल्ममा काम गर्न चाहन्छिन् । योभन्दा अगाडि अक्षय र कैटरीनाले 'नमस्ते लण्दन', 'वेलकम' र 'सिंग इका किंग' जस्ता फिल्ममा एकसाथ काम गरेका छन् ।