मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भारतमा 'बाहुबली' ले कमायो ४३२ करोड

एजेन्सी, मुम्बई, 2017/05/17
‘बाहुबली २ : द कन्क्लूजन' ले हिन्दी बेल्टमा १७ दिनमा ४३२ करोड नेट बक्सअफिस कारोबार गरेको छ । यो फिल्मको कारोबारले गएको शुक्रवार रिलिज भएको रामगोपाल वर्मा डायरेक्टेड अमिताभ बच्चनको फिल्म 'सरकार ३' र अक्षय रोय डायरेक्टेड परिणीति चोपडाको फिल्म 'मेरी प्यारी बिन्दू' लाई समेत असर पुगेको छ । 
 
अमिताभको फिल्मले विकेन्ड (तीन दिनमा) ४.५ करोडको कारोबार गरेको छ भने परिणीतिको फिल्मले ६.५ करोड । ट्रेड एनालिस्टहरुको कुरा सुन्ने हो भने 'बाहुबली' नभएको भए यी दुई फिल्मको ब्यापार केही माथि हुन सक्थ्यो । शुक्रवार पंजाबमा अमरिंदर गिल, सरगुन मेहता र युवराज हंसको फिल्म 'लाहोरिए' ले रिलिज भएको तीन दिनमा ५ करोडको विजनेश गरेर 'बाहुबली' को आँधीलाई पंजाबमा केही हदसम्म भएपनि थामिदिएको थियो ।  
 
शुक्रवार, शनिवार र आईतवार 'बाहुबली २' ले पंजाब टेरिटरीमा ४.३५ को विजनेश गरेको छ । त्यस्तै, अमिताभको फिल्मले ५० लाख र परिणीतिको फिल्मले लगभग ६० लाखको आसपासमा पैसा छापेको छ ।