

फागुन २७ गतेदेखि प्रदर्शनमाआउने फिल्म 'दर्पण छायाँ २' को डबिङ कार्य सुरु भएको छ । तुलसी घिमिरे निर्देशित यो फिल्मको चक्रपथ स्थित भेनस रेकर्डिङ स्टुडियोमा यसै सातादेखि स्वराङ्कन कार्य सुरु भएको हो ।

शिशिर राणाको निर्माण तथा निर्देशन रहने फिल्म 'तिमीसँग'मा नाजिर हुसेन थपिएका छन् । अब फिल्ममा 'ड्रिम्स' डेब्यू गर्ल साम्राज्ञी राज्यलक्ष्मीशाहको रोमान्स लिड कलाकार आकाश श्रेष्ठ र नाजिरसँग हुनेछ ।

दिवंगत हाँस्य कलाकार आरपी भट्टराई ‘लादालाम’ को निधनको १२ औँ दिनको पुण्यतिथीमा राजधानीमा एक कार्यक्रम सहित कलाकर्मीले आरपीलाई सम्झिँदै उनको तश्विरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रज्ञा भवन कमलादीमा आयोजित श्रद्धाञ्जली सभामा विभिन्न कलाकर्मीले मन्तव्य दिँदै उनको सम्झना गरे ।

केकी अधिकारी र कर्मा शाक्य स्टारर फिल्म 'लभ सासा'को पात्र पोस्टर रिलिज गरिएको छ । रिलिज पस्टरमा पात्रहरुको मनोदशा भेटिन्छ । पस्टरमा कर्मालाई पल अनि केकीलाई सासा परिचय दिईएको छ ।

पौष १४ गते राजधानी काठमाण्डौमा डि’ सेलिब्रेटी रनवे हुने भएको छ । नेपाली चलचित्र क्षेत्रका ४० जना चर्चित कलाकारहरुले यो रनवेमा सहभागिता जनाउँदैछन् ।

