


रेखा थापाले पहिलो पल्ट भिलेनको चरित्रमा अभिनय गरेको भनी चर्चामा रहेको फिल्म ‘डायरी’ चैत्र ११ मा रिलिज हुने भएको छ । टिजर सार्वजनिक गर्दा निर्माण युनिटले रिलिज लक्षित मिति चैत्र भनेता पनि डेट भने सार्वजनिक गरेको थिएन । ’हामीले अन्य फिल्मको डेटसंँग नाजुधोस भनेर खाली डेटमा सल्लाह गरिरहेका थियौ । यसैले गर्दा पनि यतिबेला चैत्र ११ लाई रिलिज डेट तोकेका हौ’ निर्देशक अनिल योन्जनले बताए ।

निर्देशक सुदर्शन थापाले निर्देशन गर्न लागेको लभ स्टोरी चलचित्र ‘म यस्तो गीत गाउछु’को छायांकन माघबाट सुरु हुने भएको छ । माघ २१ गतेबाट चलचित्रको छायांकन गरिने निर्माणपक्षले जानकारी दिएको छ ।

बर्ष २०७२ को सफल फिल्म 'प्रेमगीत २ ' सोमबारबाट फ्लोरमा गएको छ । आस्थाको धरोहर मानिने पशुपति मन्दिरमा सबेरै पुजाआजा गर्दै फिल्मको मुहर्त गरियो भने अपराह्नबाट फिल्मको छायाँकन पनि सुरु भयो ।


