मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'डायरी' ले बचाउला रेखाको स्टारडम ?

फिल्मीखबर, काठमाडौं, 2017/05/17
अब सायद शंकै छैन नायिका रेखा थापाको स्टारडम ओरालो लागेको छ । करीब एक दशकदेखि नेपाली फिल्ममा आफ्नो बलियो स्टारडमका कारण हाई-हाई पाएकी रेखाले अहिले आफ्नै आँखा अगाडि हातबाट स्टारडम खोसिदैै गएको स्पष्ट देखिरहेकी छिन् । रेखाले स्वीकार गरेपनि वा नगरेपनि यो यर्थाथ सबैमाझ छर्लङ छ कि अब रेखाको स्टारडम 'ओरालो लागेको हरिणको चाल' भएको छ । गएको बर्षको अन्तिममा रिलिज भएको 'पलाँस' ले नै यसलाई थप स्पष्ट पार्छ । 
 
लामो समयदेखि दर्शकहरुको एउटै गुनासो थियो रेखालाई सधै एउटै अवतारमा देखियो तर रेखाले यस्ता गुनासोहरुलाई कहिले पछाडि फर्किएर हेर्न आवश्यक नै ठानिनन् । फिल्मको पर्दामा हिरो अवतारमा प्रस्तुत हुँदा ताली र सिठ्ठी खाँदै झण्डै एक दशकसम्म नेपालको नम्वर वान नायिकाको ट्याग पाएकी रेखा अब आफ्नो मुठीबाट उम्किएको स्टारडम जोगाउने धाउन्नमा छिन् । अहिले सिनेवृतमा बहस त यो पनि चलेको छ कि विस्तारै आफ्नो स्टारडम कमजोर बन्दै गएपछि उनी राजनीतिमा होमिइन् । खैर यो कुरा छोडौं ।
 
 
'पलाँस' पछि रेखा अभिनित फिल्म 'डायरी' यही शुक्रवारबाट अलनेपाल रिलिज हुँदैछ । 'पलाँस' मा 'कल गर्ल' बनेकी रेखा थापा पहिलो पटक 'डायरी' मा भिलेन बनेर उदाउँदैछिन् । 'पलाँस' मा रेखाको अन्य फिल्ममा निर्वाहा गरेको भूमिका भन्दा विल्कुलै फरक थियो तर दर्शकहरुले रुचाएनन् । र, अब उनी 'डायरी' मा भिलेन बनेर पर्दामा दर्शकहरुको सिठ्ठी र ताली खान आउँदैछिन् । रेखालाई ठूलै आश छ 'डायरी' ले सखाप हुँदै गएको स्टारडम बचाउला र फेरी नेपाली फिल्मको नम्वर वान नायिका बनुँला भन्ने । अब यो त जेष्ठ ५ गतेको विहानीसँगै थाहा हुनेछ ।
 
सिंगल हलमा रेखाको नामै काफी छ तर मल्टिप्लेक्समा भने उनको कुनै दम नचल्ने कुरा गएको बर्ष रिलिज भएको 'पलाँस' ले नै देखाएको छ । 'डायरी' की निर्मात्री तथा नायिका छुल्ठिम गुरुङका अनुसार, यो फिल्म सिंगल र मल्टिप्लेक्स दुवैमा लाग्दैछ । अनिल योञ्जनले निर्देशनमा तयार भएको यो फिल्ममा रेखा र छुल्ठिमका अलवा सन्नी सिंहको मुख्य भूमिका छ ।