मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जान्नुहोस्, को हुन् साम्राज्ञीसँग रोमान्स गर्ने धिरज मगर ?

फिल्मीखबर, काठमाडौं, 2017/05/17
केही दिन अगाडि राजधानीमा एक कार्यक्रमका बीच नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहने फिल्म 'इन्टु मिन्टु लण्डनमा' को औपचारिक निर्माण घोषणा गरियो । दर्जनौ हिट गीतहरुको कोरियोग्राफर रेनेशा वान्तवा राईको निर्देशनमा बन्ने यो फिल्म काठमाडौं र लण्डनमा खिचिदैछ । यो फिल्मबाट नेपाली रजतपटमा एक चकलेटी हिरो पनि भित्रिएका छन्, धिरज मगर । 
 
 
धिरज मगर नेपाल युवापूस्तामाझ निकै नै लोकप्रिय नाम हो । उनलाई विशेषत नेपाली युटुबर भनेर चिन्ने गरिन्छ । उनको 'ड्याट दूडे व्लग' नामक युट्युब च्यानल छ, जहाँ २६५ को आसपासमा भिडियोहरु अपलोड छन् । १ लाख १२ हजारभन्दा बढी सब्स क्राइबर रहेको उक्त युट्युब च्यानलमा अपलोड भएका भिडियोबाटै धिरजले फिल्मस्टारले कमाउने लोकप्रियता भन्दा कम कमाएका छैनन् । युट्युबमा अपलोड हुने उनका भिडियोहरुले लाखौं भ्यू पाउने गरेका छन् । उनको युवती फ्यानको संख्या असंख्य छ । उनलाई इन्टाग्राममा झण्डै २५ हजारले फलो गर्छन् । 
 
 
फिल्ममा प्रवेश गर्नु अगाडि नै लोभलाग्दो क्रेज रहेको धिरजलाई उनको फ्यान फलोइङ र लुक्स् कै कारण फिल्म 'इन्टु मिन्टु लण्डनमा' मिलेको हो । यो फिल्ममा धिरजले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग रोमान्स गर्दैछन् । गएको शुक्रवार राजधानीमा फिल्म 'इन्टु मिन्टु लण्डनमा' को घोषणा सभामा धिरजको एक झलक र सेल्फी खिच्नका लागि याक एन्ड यतिको परिसरमा सयौं यूवतीहरुको भिड लागेको थियो । उक्त दृश्यले नै यसलाई थप पुष्टि गर्थ्यो कि युवापूस्तामा धिरजको क्रेज कस्तो छ । फिल्ममा प्रवेश गर्नुभन्दा अगाडि नै सोसल मिडियाबाट गतिलै क्रेज बनाइसकेका धिरजले फिल्म 'इन्टु मिन्टु लण्डनमा' यदि उत्कृष्ट काम गरे भने उनको फ्यान क्रेज अझ कस्तो होला ?