Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 13909 - 13914 of 23748
फिल्मीखबर, काठमाण्डौ, 2016-12-19, सोमवार

रोमान्टिक कमेडी कथामा बन्दै गरेको फिल्म 'हिटलर'लाई आउँदो बर्षको जेठ महिनाको १२ गते रिलिज गर्ने तयारी गरिएको छ । काठमाण्डौको बालाजुमा रहेको अष्टनारायण पिक्चर्सले निर्माण गरेको यो फिल्मको हाल सुटिङ अन्तिम चरणमा छ ।

फिल्मीखबर, काठमाडौं, 2016-12-18, आईतवार

छबिराज ओझाको नयाँ फिल्म 'मंगलम'को कास्टिङ लाईनअप पुरा भएको छ । लिड अभिनेतामा 'अझै पनि'बाट डेब्यू  गरेका तथा पछिल्लो फिल्म 'दर्पण छायाँ २' सकाएका पुष्प खड्का फाईनल भएसँगै कलाकारको टुंगो लागेको हो ।

फिल्मीखबर, काठमाडौं, 2016-12-18, आईतवार

आगामी नेफ्टा अवार्डले तन्नेरी र पाको उमेरलाई जोड्ने काम गरेको छ । अघिल्लो पुस्ताका राजेश हमाल र करिश्मा मानन्धरले पछिल्लो छिमलका कलाकारसँग स्टेज पर्फम गर्दैछन् ।

फिल्मीखबर, काठमाडौं, 2016-12-18, आईतवार

'मेरो जवानीको मोल तोक्ने को होला...?' भर्खरै मात्र युट्युवमा रिलिज एक आईटम गीतको बोल हो यो । 'डायरी' फिल्मको उक्त गीतमा अभिनेत्री छुल्ठिम गुरुङ उर्फ डल्लीले कम्मर मर्काएकी छिन् ।

फिल्मीखबर, काठमाडौं, 2016-12-16, शुक्रवार

केहि दिन पहिले अभिनेता सौगात मल्ल अभिनेत्री दिया पुनः लिएर मनास्लु बेसक्याम्प नजिकको हिमाली ठाउँ सामागाउँ पुगे भन्ने समाचारले मिडियामा राम्रै चर्चा पायो । तर शुक्रबार भने पुनः सौगात खोज्दै उनलाई भेट्न अर्की अभिनेत्री कमली वाईवा सौगात भएकै ठाउँ सामागाउँ पुगिन् ।

Results : 13909 - 13914 of 23748
Most Visited News (monthly)