मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नीताको सिउँदोमा सिन्दुर, रहस्य के हो ?

फिल्मीखबर, काठमाण्डौ, 2017/05/17
आफू अभिनित फिल्महरु एकपछि अर्को असफल सावित हुँदा अहिले नायिका नीता ढुंगानालाई आफ्नो क्रेज बचाउन नै हम्मे-हम्मे परिरहेको छ । गएको बर्ष 'लेकसाइड', 'निर्भय' फिल्म रिलिज भएपनि नीतालाई यी कुनै पनि फिल्मले खुशीको मुस्कान छर्न सकेन । आफ्नो लिड रोल रहेका फिल्महरु लगातार फल्प हुँदा पनि नीता भने अहिलेसम्म खासै फुर्सद बस्नु परेको देखिन्न । म्यूजिक भिडियोसँगै फिल्ममा पनि व्यस्त नायिका ढुंगाना अहिले नायक आर्यन अधिकारीसँग फिल्म 'करोडपति' को छायांकनमा व्यस्त छिन् । यो फिल्ममा बलीउड अभिनेता राजपाल यादवको पनि मुख्य भूमिका रहेको छ । 
 
हालैमा नीताले आफ्नो आधिकारीक फेसबुकमा एक तश्वीर अपलोड गरेकी छिन्, जसले उनका फ्यानहरु अचम्ममा परेका छन् । हुनत, नीताले दैनिक जसो नै फेसबुकमा आफ्नो तश्वीरहरु अपलोड गर्ने गर्छिन् तर हिजो मंगलवार साँझ एक यस्तो तश्वीर शेयर गरेकी छिन्, जसले उनका फ्यानहरु नै सप्राइज भएका छन् । कारण, उक्त तश्वीरमा नीताको सिउँदोमा सिन्दुर प्रष्ट देखिएको छ । नायक आमेश भण्डारीससँग ब्रेकअप भएपछि अहिले एक्लो जीवनको रथ अगाडि बढाइरहेकी नीताको सिउँदोमा सिन्दुर देखिनुले उनका प्रशंसकहरु अचम्ममा नपर्ने त कुरै भएन । नीताले उक्त तश्वीर फेसबुकमा शेयर गरेपछि उनका प्रशंसकहरुले कमेन्ट बक्समा एउटै प्रश्न गरेका छन् कि 'तपाईको विवाह कहिले भयो ?' 
 
हुनत, उनको उक्त तश्वीर हेर्दा सबैको मनमा उब्जिने प्रश्न पनि यही नै हो तर नीताले रियलमा विवाह गरेकी भने होइनन् । 'फिल्मीखबर डटकम' सँगको कुराकानीको क्रममा नीताले एक सुपर क्वालिटी प्रोडक्टको विज्ञापनमा कलाकार प्रमोद अग्रहरीको श्रीमतीको भूमिका निर्वाहा गरेका कारण सिउँदोमा सिन्दुर लगाएको बताइन् । पछिल्लो समय नीताले म्यूजिक भिडियो र विभिन्न कम्पनीका विज्ञापनहरुबाट आफ्नो जीवनयापन गर्दै आइरहेकी छिन् ।