Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 13897 - 13902 of 24019
फिल्मीखबर, काठमाडौं, 2017-03-30, बिहिवार
फिल्म 'मन्दिरा'को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सस्पेन्स प्रेम कथा बोल्ने भनिएको फिल्मको पोस्टर सार्वजनिक गर्दै रिलिज मिति पनि तय गरियो । फिल्म असार २ मा रिलिज हुनेछ । 
फिल्मीखबर, काठमाडौं, 2017-03-29, बुधवार
यो शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म 'पलाँस' सेन्सर पास भएको छ । तर फिल्मले 'एडल्ट' सर्टिफिकेट पायो । फिल्ममा समावेश केहि दृश्य अनि संवादका कारण कैची नलगाई सेन्सर वोर्डले 'एडल्ट' सर्टिफिकेट दिएको बुझिएको छ ।
बैकुण्ठराज पराजुली, काठमाडौं, 2017-03-29, बुधवार
यो हुँदै गर्दा अब आउने फिल्म त्यस्तो नहोस् भन्नमा स्वयंम अनमोल नै लागेका छन् । 'होस्टेल', 'जेरी', 'ड्रिम्स' र 'गाजलु' चारै फिल्म वक्सअफिसमा हिट हुँदा अनमोल अहिले 'कृ' को तयारीमा छन् । तर सुरेन्द्र पौडेलको निर्देशनमा बन्ने गरी महिनौं पहिले घोषणा गरिएको फिल्म 'कृ' फ्लोरमा भने अझै जान सकेको छैन् । जसका कारण यो फिल्मको घोषणा भइसकेको रिलिजमा पनि शंका उब्जिएको छ ।
फिल्मीखबर, काठमाडौं, 2017-03-29, बुधवार
पछिल्ला केहि रिलिजलाइ हेर्ने हो भने वलिउड स्टार शाहरुख खान लगातार ठुलो भिडन्तमा परेका छन् । २०१५ मा 'दिलवाले'लाई 'बाजिराव मस्तानी'ले पछारेकोदेखि २०१६ मा 'काबिल'ले 'रईस'माथी हाबी बएका उदाहरणले शाहरुख अनि उनका फ्यानलाई टाउको दुखाइ बन्यो ।
फिल्मीखबर, काठमाडौं, 2017-03-28, मंगलवार

रिलिजको पुर्व सन्ध्यामा फिल्म ‘पलाँस’ को ओएसटी रिलिज भएको छ । अभिनेता तथा गायक प्रदीप बाँस्तोलाले आफ्नै शब्द तथा संगीतमा ‘पलाँस’ को ओएसटी गाएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2017-03-28, मंगलवार

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'लप्पन छप्पन'ले प्रदर्शनको चार दिनमा डेढ करोड बढिको विजनेस गरेको निर्माण टिम र वितरकबाट दाबी आएको छ । सार्वजनिक डाटा अनुसार फिल्मले पहिलो चार दिनमा १ करोड ६४ लाखको विजनेस गर्यो ।

Results : 13897 - 13902 of 24019