मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यी हिरोइनसँग रजनीकान्त गर्दैछन् रोमान्स

एजेन्सी, मुम्बई, 2017/05/17
रजनीकान्त आफ्नो अपकमिङ्ग फिल्म '२.०' पछि नयाँ फिल्मको तयारीमा जुटेका छन् । ऐश्वर्या राय बच्चन, दीपिका पादुकोण, सोनाक्षी सिन्हा र राधिका आप्टेपछि अब रजनीकान्त हुमा कुरैशीसँग स्क्रिन शेयर गर्दैछन् । तर, नयाँ फिल्मको अहिलेसम्म टाइटल तय भैसकेको छैन । 
 
तर, सोर्सको खबरलाई आधार मान्ने हो भने २८ मेबाट सुरु हुन लागेको यो फिल्मको 'कबाली' का डायरेक्टर पीए रन्जित नै डायरेक्ट गर्दैछन् । त्यस्तै,  रजनीकान्तका ज्वाइँ तथा एक्टर-डायरेक्टर धनुषले यो फिल्मलाई निर्माण गर्दैछन् । एक भारतीय न्यूजपेपरका अनुसार, हुमा यो फिल्ममा रजनीकान्तको अपोजिटमा छिन् ।