Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9805 - 9810 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-06-03, सोमवार

इद उल फितरको अवसरमा बुधबारबाट प्रदर्शनमा आउन लागेको बलिउड सुपरस्टार सलमान खानको प्रमुख भूमिका रहेको फिल्म ‘भारत’ नेपालमा भने शुक्रबार प्रदर्शनमा आउने चर्चा थियो । यसअघि फिल्म ‘कलंक’ लाई भारतमा प्रदर्शनमा आएकै दिन अर्थात् बिहीबार नेपालमा पनि रिलिज गर्न चलचित्र विकास बोर्डले रोकेको थियो । किनकि, नेपाली फिल्म शुक्रबार मात्र रिलिज हुने गर्दछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2019-06-03, सोमवार

अभिनेत्री वर्षा राउतको आजसम्म पहिरनलाई लिएर आलोचना भएको छैन । रिलमा प्रायः साधारण युवती वा महिलाको भूमिका निर्वाहा गर्दै आएकी वर्षा वास्तविक जीवनमा भने बोल्ड पहिरनमा हिँड्न रुचाउँछिन् । तर, उनको पहिरनलाई लिएर कहिल्यै आलोचना भएन । न त ट्रोलको शिकार नै भएकी थिइन् । यसपटक भने उनी पहिरनका कारण पहिलो पटक नराम्रोसँग ट्रोलको शिकार हुनु परेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-06-03, सोमवार

अभिनेता भुवन केसी आफूले राम्रोसँग चिनेका कलाकार हुन् वा नचिनेका, सबैको मुक्तकण्ठले प्रशंसा गर्न कुनै कसर छाड्दैनन् । सबैलाई आफ्नो मनपर्ने अभिनेता वा अभिनेत्री भनिदिन्छन् । उनी ट्याग दिन समेत माहिर छन् । फिल्म 'रामकहानी' हेरेपछि अभिनेत्री पूजा शर्मालाई उनले 'नेपालको नम्बर वान' अभिनेत्रीको ट्याग दिएका थिए । उनी कुनै फिल्म हेर्न गए भने तारिफको पुल बाँधेर मात्र फर्किन्छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-06-03, सोमवार

अभिनेत्री नीता ढुंगाना र अभिनेता प्रज्वल गिरीले पहिलो पटक स्क्रिन साझेदारी गरेको फिल्म ‘सोच’ को प्रदर्शन मिति आउँदो भदौ २० गतेलाई घोषणा गरिएको छ । एक्सन लभस्टोरी जनरामा निर्र्माण भएको फिल्मको निर्माण टिमले फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

एजेन्सी, मुम्बई, 2019-06-03, सोमवार

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा आइतवारबाट ३२ वर्षकी भएकी छन् । २ जून १९८७ मा मुम्बईमा जन्मिएकी उनले कहिल्यै अभिनेत्री बन्ने सोचेकी थिइनन् । सन् २०१० मा उनले बलिउड सुपरस्टार सलमान खानको अपोजिटमा फिल्म ‘दबंग’ बाट बलिउडमा डेब्यू गरिन् । यो फिल्मका लागि उनले ३० केजी तौल कम गरेकी थिइन् । डेब्यू अगाडि उनी ९० केजी थिइन् । उनी बलिउड अभिनेता शत्रुघन सिन्हाकी छोरी हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-06-03, सोमवार

एक जमाना नेपाली फिल्ममा आफ्नो बलियो साम्राज्य विस्तार गरेका अभिनेता भुवन केसी केही वर्षयता अभिनयबाट टाढा छन् । उनी अहिले आफ्नो छोरा अनमोल केसीको करिअर मजबुत मनाउन दिन-रात खटिरहेका छन् । अनमोलले पनि आफूलाई अभिनेताको रुपमा स्थापित गरेसँगै भुवन पुनः अभिनयमा फर्किएका छन् । उनले फिल्म ‘मिस्टर नेपाली’ बाट कमब्याक गर्ने भएका छन् ।

Results : 9805 - 9810 of 24024
Most Visited News (monthly)