
अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी हुन्- सुहाना थापा । गत वर्षको चैत २९ मा प्रदर्शनमा आएको फिल्म 'ए मेरो हजुर ३' बाट झरनाले आफूले हिँडेको बाटोमा छोरी सुहानालाई लिएर आएकी छन् । अर्थात् उनको दोस्रो पुस्ताको फिल्ममा औपचारिक रुपमा प्रवेश भएको छ । उक्त फिल्म बक्सअफिसमा सुपरहिट भएपछि सुहानालाई भविष्यको 'सुपरस्टार' भनिन थालिएको छ ।

वितरक मनोज राठीले मंगलवार बिहान बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘भारत’ भारतसँगै नेपालमा पनि बुधबार नै प्रदर्शन गर्न पाउनु पर्छ भन्दै काठमाडौं जिल्ला अदालतमा रिट दायर गरे । सोही दिन साँझ अदालतले स्वतन्त्र व्यवसायमाथि हस्तक्षेप नगर्न भन्दै चलचित्र विकास बोर्डलाई ‘भारत’ बुधबार नै नेपाल रिलिज दिन अन्तरिम आदेश दियो । यसअघि फिल्म ‘कलंक’ लाई बोर्डले बुधबार रिलिज गर्न रोकेको थियो ।

आउँदो शुक्रवारबाट प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ ले चौथो हप्तामा प्रदर्शन सुरु गर्दैछ । प्रदर्शनको तीन हप्ता फिल्मले बक्सअफिसमा लोभलाग्दो व्यापार गरेको छ । बक्सअफिसमा आक्रामक व्यापारको रफ्तारलाई फिल्मले तेस्रो हप्ताको अन्त्यसम्म पनि निरन्तरता दिएको छ । बलियो ‘वर्ड अफ माउथ’ का कारण फिल्म हेर्ने दर्शक घटेका छैनन् ।

आउँदो भदौ ६ गतेबाट मुलुकभर प्रदर्शनमा आउन लागेको अभिनेत्री नम्रता श्रेष्ठ स्टारर फिल्म ‘जाइरा’ को अफिसियल टीजर सार्वजनिक भएको छ । बुधवार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै फिल्मको टीजर सार्वजनिक गरिएको हो । टीजरमा अभिनेत्री नम्रता मात्र फिचर्ड छिन् ।

बलिउड सुपरस्टार सलमान खानको नयाँ फिल्म ‘भारत’ इदको मेसोमा बुधबारबाट संसारभर एकसाथ प्रदर्शनमा आएको छ । फिल्मलाई समीक्षकले राम्रो रेटिङ दिएका छन् । दर्शकले पनि फिल्म निकै रुचाएका छन् । ‘बजरंगी भाईजान’ पछि फेरि एकपटक सलमानले रुवाउने प्रतिक्रिया फिल्मलाई मिलेको छ । अली अब्बास जफरले यसको निर्देशन गरेका हुन् ।

एक जमाना भित्तामा टाँसिएको पोस्टरमा राखिएको कलाकारको अनुहार हेरेर दर्शकको ठूलो भीड हलमा ओर्लिन्थ्यो । राजेश हमाल, भुवन केसी, विराज भट्ट, निखिल उप्रेती, रेखा थापालगायतका कलाकारको टाउको पोस्टरमा राखेको भरमा फिल्मले ब्लकबस्टर व्यापार गर्थे । चाहे उनीहरुको मुख्य भूमिका होस् वा एक दुई सिन नै किन नहोस्, दर्शकले फिल्म छुटाउँदैन थिए ।

