Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीपले सार्वजनिक गरे प्रेमिका, कलेजदेखि अफेयरमा

फिल्मीखबर, काठमाडौं, 2026/11/08

pradeep khadka

 

काठमाडौं । नयाँ छिमलका स्टार अभिनेता प्रदीप खड्काले जुन अभिनेत्रीसँग फिल्ममा सहकार्य गरे, उनैसँग प्रेम सम्बन्धको चर्चा चल्यो । पूजा शर्मादेखि जसिता गुरुङ र दिव्या रायमाझीसम्म उनको नाम जोडियो । यद्यपि, ती चर्चा गसिपमै सीमित रहे । वास्तविकतामा भने प्रदीप कलेज जीवनदेखि नै प्रेम सम्बन्धमा छन्, जुन रहस्य उनले हिजो शनिबार सार्वजनिक गरे । 

उनकी प्रेमिकाको शनिबार जन्मदिन परेको थियो । त्यही अवसरमा उनले प्रेमिकाको तस्बिर सार्वजनिक गर्दै प्रेमिल शब्दमा जन्मदिनको शुभकामना पनि दिए । उनले लेखेका छन्, ‘तिम्रो जन्मदिनमा यति मात्रै प्रार्थना छ, तिम्रो जीवन सधैं खुसीले भरियोस् अनि तिम्रो जीवनमा आउने हरेक सुन्दर दिनहरूमा कतै न कतै मेरो पनि सानो उपस्थिति रहिरहोस् ।’

उनले पहिलो पटक प्रेमिकाको तस्बिर सार्वजनिक गरे पनि अन्य जानकारी भने दिएका छैनन् । यद्यपि, केही समयअघि एक अन्तर्वार्तामा उनले आफू सिंगल नरहेको स्पष्ट पार्दै विदेशमा प्रेमिका रहेको बताएका थिए । निकट स्रोतका अनुसार उनकी प्रेमिका अस्ट्रेलियामा बस्ने गरेकी छन् । उनी बेला बखतमा अस्ट्रेलिया पुग्नुको कारण पनि यही हो । 

प्रदीपको लभस्टोरी कलेज पढ्दादेखिको हो । उनीहरू एउटै ब्याजका हुन् । स्रोतका अनुसार २०७२ सालको भूकम्पअघि उनी उनै प्रेमिकासँग विवाह गरेर अस्ट्रेलिया जाने सोचमा थिए । तर, त्यही बेला उनको हातमा ‘प्रेमगीत’ पर्‍यो । यो फिल्मले रातारात स्टार बनाएपछि अस्ट्रेलियाको सपना त्यागेका उनी अबको २–३ वर्षभित्र प्रेमिकासँग विवाह गर्ने योजनामा रहेको जानकारी प्राप्त छ ।

प्रदीपको कामको कुरा गर्दा उनी मंसिरमा विकास सुवेदीको निर्देशनमा बन्न लागेको फिल्म ‘छब्बीस करोड’मा काम गर्ने तयारीमा छन् । त्यसपछि उनले कृषा चौलागाईंको लभस्टोरी फिल्म ‘उही तिम्रो’लाई समय दिनेछन् । यसबाहेक पनि उनीसँग केही फिल्म पाइपलाइनमा छन् । यस वर्षका लागि उनको पहिलो फिल्म ‘शुभ विवाह’ भने फागुन २१ गते प्रदर्शन हुँदैछ ।