Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9811 - 9816 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-06-02, आईतवार

‘भर्सटायल अभिनेता’ खगेन्द्र लामिछाने फिल्म ‘पानीफोटो’ बाट निर्देशनमा औपचारिक रुपमा होमिने भएका छन् । दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ को कथामा फिल्म निर्माण हुन लागेको हो । यो नाटकको खगेन्द्र स्वयंले लेखन र निर्देशन गरेका थिए । उनले नाटकलाई पुस्तकमा समेत ढालिसकेका छन् । अब, उनले उक्त नाटकलाई फिल्मको रुप दिन लागेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2019-06-02, आईतवार

अभिनेत्रीमा अहिलेकी 'हटकेक' साम्राज्ञी आरएल शाह फिल्म ‘मारुनी’ मार्फत् करीब एक वर्षपछि ठूलो पर्दामा फर्किँदैछिन् । उनी अभिनीत पछिल्लो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ गत वर्षको असोजमा रिलिज भएको थियो । फिल्म छनोटमा निकै चुजी मानिने साम्राज्ञीले अभिनेता पुष्प खड्कासँग रोमान्स गरेको फिल्म ‘मारुनी’ को फस्टलुक सार्वजनिक भएको छ । फिल्म भदौ १३ मा रिलिज हुँदैछ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-06-02, आईतवार

अहिलेका जल्दाबल्दा अभिनेता प्रदीप खड्का आउँदो चैत २८ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमगीत ३’ को तयारीमा छन् । आइतवार उनले फिल्ममा रोमान्स गर्ने अभिनेत्रीको टुंगो लाग्दैछ । उनी भने कपाल बढाउन र शरीर संगठित बनाउन जिममा पसिना बगाइरहेका छन् । यस फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गर्दैछन् । छेतेनले यसको कथा लेखेका हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-06-02, आईतवार

गएको महिना गर्धनमा अचानक ट्युमर देखिएपछि भारतमा शल्याक्रिया गरेकी अभिनेत्री श्वेता खड्का पूर्ण रुपमा निको नभएपछि फिल्म ‘हेल्लो जिन्दगी’ मा अभिनेत्री प्रियंका कार्की भित्रिएकी छन् । अस्पतालको शैयाबाटै अभिनेत्री खड्काले स्वास्थ्य अवस्थाका लागि फिल्म गर्न असमर्थ रहेको जानकारी गराएकी थिइन् । फिल्ममा उनको केही प्रतिशत सिन खिचिसकिएको छ । 

एजेन्सी, मुम्बई, 2019-06-02, आईतवार

दोस्रो पटक भारतका प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको जिन्दगीमा आधारित भएर निर्माण भएको फिल्मले बक्सअफिसमा निराशाजनक व्यापार गरिरहेको छ । गएको साता प्रदर्शनमा आएको फिल्मले एक हप्तामा मात्र १९ करोड छापेको छ । समीक्षकले कमजोर रेटिङ दिएको यस फिल्मलाई दर्शकले पनि खासै रुचाएका छैनन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-06-01, शनिवार

सुदर्शन थापा निर्देशित फिल्म 'प्रेमगीत' बाट सफलताको उत्कर्षमा पुगेका अभिनेता प्रदीप खड्काका लागि गत वर्ष खासै सुखद बन्न सकेन । उनका दुई फिल्म प्रदर्शनमा आएका थिए- 'रोज' र 'लभ स्टेशन' । तर, दुबैले न दर्शक रिझाउन सफल भए न त राम्रो व्यापार गर्नै । 'लभ स्टेशन' लाई त चोरीको बात नै लाग्यो । ६ महिनाको अन्तरमा दुई फिल्म असफल भएपछि उनी अब फिल्म छनोटमा सम्यमित भएका छन् । 

Results : 9811 - 9816 of 24024
Most Visited News (monthly)