
तीन हप्ता अगाडि प्रदर्शनमा आएको दुई फिल्म ‘जात्रै जात्रा’ र ‘बीर विक्रम २’ को चेपुवामा पर्ने डरले गत हप्ता कुनै नेपाली फिल्म रिलिज भएनन् । यस हप्ताको शुक्रवारबाट भने सम्राट सापकोटा निर्देशित फिल्म ‘कप्स’, मदन घिमिरेको ‘काउसो’ र दीपक ओली निर्देशित फिल्म ‘कुम्भ करण’ ले हलमा व्यापारिक प्रतिस्पर्धा थालेका छन् । तीनै फिल्ममा नाम चलेका कलाकारहरुको अभिनय छ ।

गत वर्ष ६ महिनादेखि कुनै फिल्म नचलेर फिल्म क्षेत्र नै धरासायी हुने अवस्थामा पुगेको थियो । बजारले स्टार मानेका र ठूला ब्यानरका फिल्मले समेत राम्रो व्यापार गर्न सकेका थिएनन् । खडेरी लागेको नेपाली फिल्मको व्यापारलाई चैत २९ मा आएको अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ३’ ले चलायमान बनाएको थियो ।

जेठ ३१ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको योगेश घिमिरे निर्देशित फिल्म ‘प्रेम दिवस’ को शिर्ष गीत सार्वजनिक भएको छ । सुरज तामाङ र शैलु आरएल सिंहको आवाज रहेको गीतमा सन्तोष पोखरेलको शब्द र करण राज कार्कीको संगीत छ । गीतको भिडियोमा फिल्म भित्रका चल/अचल दृश्यहरु समावेश गरिएको छ ।

अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘आप्पा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा पिता र छोराको सम्बन्धलाई देखाइएको छ । फिल्ममा दया आप्पा अर्थात् पिताको भूमिकामा छन् । ट्रेलरबाट फिल्मको मूल कथा प्रस्ट्याउन खोजिएको छ ।

आउँदो बुधवार प्रदर्शनमा आउन लागेको अभिनेता सलमान खान र अभिनेत्री कटरीना कैफ स्टारर फिल्म ‘भारत’ केही समययता निकै चर्चामा छ । फिल्मलाई लिएर 'दबंग खान' का फ्यान निकै उत्साहित छन् । 'सुल्तान' र 'टाइगर जिन्दा हे' जस्तो ब्लकबस्टर फिल्म दिएका अली अब्बास जफरले यसको निर्देशन गरेका हुन् ।

बलिउडकी हट अभिनेत्रीको रुपमा परिचित सन्नी लियोनले ठुम्का लगाएको नेपाली फिल्म ‘पासवर्ड’ को प्रदर्शन मिति घोेषणा गरिएको छ । भदौ २७ गतेबाट फिल्म देशभर प्रदर्शनमा आउने निश्चित भएको छ । भने, सन्नी फिचर्ड गीत ‘सन्नी हो नाम मेरो’ जेठ २० गते युट्युबमा रिलिज हुने निर्देशक सम्राट बस्नेतले जानकारी दिए ।

