
फिल्म क्षेत्रमा भविष्य खासै सुरक्षित मानिँदैन । विभिन्न कालखण्डमा नेपाली फिल्म क्षेत्रमा भविष्य नदेखेर विदेश पलायन हुने कलाकारको लामले पनि यसलाई प्रमाणित गर्छ । यस क्षेत्रमा प्रवेश गर्न जति कठिन छ टिक्न झनै मुश्किल छ । फिल्मले सडकबाट महलमा पुर्याइदिन सक्छ । महलबाट सडकमा झार्न पनि समय लगाउँदैन । यसकारण नै भनिएको हुनसक्छ, 'यहाँ नाम र दाम कमाउन र गुमाउन धेरै समय लाग्दैन ।'

बलिउडका हार्टथ्रोब ऋतिक रोशन दुई वर्षपछि बक्सअफिसमा धूम मच्चाउनका लागि तयार छन् । 'काबिल' पछि उनको कुनै फिल्म रिलिज भएको छैन । यसबीच, उनको बहुप्रतिक्षीत फिल्म ‘सुपर ३०’ को ट्रेलर मंगलवार सार्वजनिक भएको छ । यो फिल्म बिहारका चर्चित शिक्षक आनन्द कुमारको जीवनमा आधारित छ, जसमा आनन्दको भूमिका ऋतिकले निभाएका छन् ।

गत वर्ष प्रदर्शनमा आएको समीक्षात्मक रुपमा सफल फिल्म ‘बुलबुल’ मा चोपेन्द्रको चरित्रमार्फत् परिचित मुकुन भुषालले दोस्रो फिल्मको रुपमा ‘झिँगेदाउ’ साइन गरेका छन् । पुराना निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने फिल्ममा उनको प्रमुख भूमिका रहनेछ । उनको अपोजिटमा भने अभिनेत्री तय भएको छैन ।

नयाँ वर्ष नेपाली फिल्म रिलिजका लागि उत्तम समय मानिन्छ । यसैले पनि हरेक वर्ष नयाँ वर्षलाई लक्षित गरेर दुईभन्दा बढी ठूला फिल्म रिलिज हुने गरेका छन् । गएको नयाँ वर्षमा पनि अभिनेता अनमोल केसीको 'ए मेरो हजुर ३' र अभिनेता सलिनमान बनियाँको 'यात्रा' एकसाथ प्रदर्शनमा आएका थिए । आउँदो नयाँ वर्षमा पनि ठूला फिल्मको भाले जुधाई हुने देखिएको छ ।

केही वर्षयता नेपाली फिल्ममा आफ्नो दबदबा कायम गरेका अभिनेता अनमोल केसी अहिले ‘सर्ट टर्म विश्राम’ लिएर बसेका छन् । गएको वर्ष दुई फिल्म ‘क्याप्टेन’ र ‘ए मेरो हजुर ३’ को भ्याइनभ्याइ गरि छायांकन र प्रमोसन गरेका उनी अब एउटा फिल्म रिलिज भएपछि मात्र अर्को फिल्ममा अनुबन्ध हुने सोचमा छन् । गत वर्ष दुई फिल्म डेढ महिनाको अन्तरमा रिलिज हुँदा उनलाई निकै सकस भएको थियो ।

अभिनेता तथा लेखक खगेन्द्र लामिछानेको ‘लुक्स’ परम्परागत हिरोको जस्तो छैन । न चकलेटी अनुहार । न संगठित शरीर । तर, अभिनय जोडदार छ । बजारले ‘स्टार’ मानेका अभिनेताहरुबाट दर्शक असन्तुष्ट भइरहेको अवस्थामा उनले भने हरेक फिल्मबाट दर्शकको मन जित्दै गएका छन् । उनी, मुख्य भूमिकामै खेलेर फिल्मलाई काँध हालेर हिँड्न सक्छन् । आफू कम चरित्र बढी बाँच्ने उनले फिल्मी करिअरको ७ वर्षमा जति पनि फिल्म गरे सबैले दर्शकलाई अपनत्त्व महशुस गराएका छन् ।

