Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(12 votes, avg 5.00/5.00)
Text size:-
+
-

नेपाली फिल्मको अब भारतमा सहज सेन्सर

फिल्मीखबर, काठमाण्डौ, 2019/07/27
 
नेपाली फिल्मलाई आफ्नै मुलुकको सेन्सर बोर्डमा अनेकन झमेला झेल्नु परेको छ । एडल्ट सर्टिफिकेट दिएर पनि कैची चलाइन्छ । सरकारप्रति व्यंग्य गरे पनि दृश्य काटिन्छ । इतिहासमाथि बनेका फिल्मले झन् सेन्सरमा नपाउनुको दुःख पाउने गरेका छन् । चलचित्र विकास बोर्डले स्क्रिप्ट पास गरे पनि फिल्म निर्माण भएपछि सेन्सर बोर्डले विभिन्न कारण देखाएर दुःख दिने गरेको उदाहरणहरु थुप्रै छन् । 
 
सेन्सरको डरले फिल्ममेकरले स्वतन्त्र रुपमा काम गर्न नसकिरहेको अवस्थामा नेपाली फिल्मको अब भारतमा भने सहज रुपमा सेन्सर हुने भएको छ । सन् २०१७ जुलाई ९ मा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले भारतीय सेन्सर बोर्डका अध्यक्ष पहलाज निहलानीसँग भेट गरेर नेपाली फिल्मको भारतमा सहज सेन्सरको लागि माग गर्दै पत्र बुझाएका थिए । 
 
शुक्रबारबाट भारतीय सेन्सर बोर्डले नेपाली फिल्मको सेन्सरका लागि सहज व्यवस्था मिलाएको छ । नेपाली फिल्मको भारतमा सेन्सर गर्न अब नेपाली निर्माताले अनेकन झमेला झेल्नु पर्ने अवस्थाको अन्त्य भएको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । अब नेपाली फिल्म सेन्सरका लागि अनलाइनबाट डेट लिन सकिने र नेपाली भाषाको स्क्रिप्ट नै सेन्सरका लागि समावेश गर्न सकिने उनले बताए । 
 

निर्माता, वितरकमध्ये कोही मुम्बई नगएर पनि भारत सेन्सर गर्न सकिने व्यवस्था नेपाल चलचित्र निर्माता संघले मिलाएको अध्यक्ष अधिकारी बताउँछन् । यसअघि नेपाली फिल्म भारतमा सेन्सर गर्न निर्माताले निकै झमेला खेप्दै आउनु परेको थियो । अब भने सहज हुने भएको छ । भारतमा नेपाली फिल्मको सहज सेन्सर हुने भएपछि यसले नेपाली फिल्मकर्मीमा खुसीयाली छाएको छ । यसलाई निर्माता संघको पनि ठूलो उपलब्धि मानिएको छ । 
Most Visited News (monthly)