Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नीता अब निर्मात्री, ‘माया’ मा कोशिशसँग रोमान्स गर्दै

फिल्मीखबर, काठमाडौं, 2019/07/27
 
नेपाली अभिनेत्रीहरु धमाधम फिल्म निर्माणमा हात हालिरहेको अवस्थामा अभिनेत्री नीता ढुंगाना पनि यो भीडमा थपिएकी छिन् । गएको तीन वर्ष अगाडि फिल्म निर्माण गर्ने घोषणा गरेकी उनले यस वर्ष एक लभस्टोरी फिल्म बनाउने भएकी छन् । फिल्मको नाम ‘माया’ जुराइएको छ । फ्लोरमा निस्कँदा फिल्मको नाम परिवर्तन हुनसक्ने नीताले बताएकी छन् । 
 
समुन्द्र भट्टले निर्देशन गर्ने फिल्ममा अभिनेत्री नीता स्वयंको प्रमुख भूमिका रहनेछ । उनको अपोजिटमा गायक, संगीतकार, लेखक तथा अभिनेता कोशिश क्षेत्री फाइनल भएका छन् । फिल्मको कथा कोशिश स्वयंले तयार पारेका छन् । उनलाई पटकथा तथा संवादमा निर्देशक भट्टले सघाएका छन् । ‘माया’ मा संगीत पनि कोशिशको नै रहनेछ । 
 
योभन्दा अगाडि अभिनेत्री नीता हरर फिल्म ‘मःम हन्टिङ’ निर्माण गर्ने तयारीमा थिइन् । तर, फिल्ममा अभिनय गर्ने कलाकारको तत्काल समय नमिलेपछि उनले लभस्टोरी फिल्म अगाडि बनाउन लागेकी हुन् । उनका अनुसार, अर्को वर्षको मध्यतिर ‘मःम हन्टिङ’ को छायांकन सुरु हुनेछ । यो फिल्मका लागि नीता निर्माता पनि खोजिरहेकी छन् । ‘माया’ मा भने उनको एकल लगानी रहने बुझिएको छ । 
 
केही वर्ष अगाडि फिल्म 'आधा पेज' बाट निर्देशनमा डेब्यू गरेका निर्देशक समुन्द्र यो बीचमा क्यानडाको टोरन्टो फिल्म स्कुलबाट निर्देशन कक्षा लिएर नेपाल फर्केकी हुन् । पछिल्लो पुस्ताका युवायुवतीहरुको जीवनशैलीलाई फिल्मले बोल्नेछ । भदौ दोश्रो साताबाट फ्लोरमा जाने बताइएको ‘माया’ का अन्य कलाकार र प्राविधिक लाइनअप पुरा हुन बाँकी छ ।
Most Visited News (monthly)