Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9787 - 9792 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-06-07, शुक्रवार

अभिनेता प्रदीप खड्का अहिले आफूलाई ‘स्टार’ बनाएको फिल्म ‘प्रेमगीत’ को तेस्रो सिरिजको तयारीमा व्यस्त छन् । फिल्मको साउनपछि छायांकन सुरु हुँदैछ । केही महिनायता प्रदीप फिल्मका लागि कपाल बढाउन र शरीर संगठित बनाउन जिममा कडा कसरत गरिरहेका छन् । चाँडै यस फिल्ममा उनले रोमान्स गर्ने अभिनेत्रीको टुंगो लाग्दैछ । अर्थात् ‘गीत’ को । फिल्म आउँदो चैत २८ मा रिलिज हुँदैछ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-06-07, शुक्रवार

'चपली हाईट २' बाट डेब्यू गरेकी अभिनेत्री परमिता आरएल राणाको फिल्मी करिअर खासै सुखद रहन सकेको छैन । डेब्यू फिल्म नै बक्सअफिसमा पत्तासाफ भएपछि उनीमाथि गिनेचुनेका ब्यानरको नजर परेन । यद्यपि, फाट्टफुट्ट फिल्म भने गरिरहेकी छन् । उनलाई गत वर्ष प्रदर्शनमा आएको फिल्म 'रोज' बाट ठूलो आशा थियो । किनकि, फिल्ममा अहिलेका जल्दाबल्दा अभिनेता प्रदीप खड्काको प्रमुख भूमिका थियो । तर, यो फिल्म पनि चलेन 

फिल्मीखबर, काठमाण्डौ, 2019-06-07, शुक्रवार

भोली शनिबार राजधानीको आर्मी अफिसर्स क्लबमा चलचित्र कलाकार संघको साधारण सभाले नयाँ कार्यसमिति पाउँदैछन् । यसका लागि निर्वाचन हुँदैछ । अध्यक्ष पदका लागि ‘सिरियल क्विन’ को उपाधि पाएकी सरिता लामिछाने र पुराना अभिनेता रविन्द्र खड्काले उम्मेदवारी दिएका छन् । दुबै अहिले आफ्नो पक्षमा भोट माग्न व्यस्त छन् । तर, दुईबीच अस्वस्थ प्रतिस्पर्धा चलेको छ ।  

एजेन्सी, मुम्बई, 2019-06-06, बिहिवार

बलिउड सुपरस्टार सलमान खानको ईदमा रिलिज भएको फिल्म ‘भारत’ ले बक्सअफिसमा धूम मच्चाएको छ । फिल्मले प्रदर्शनको पहिलो दिन रेकर्डतोड व्यापार गरेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, फिल्मले पहिलो दिन भारतमा मात्र ४२ करोड ३० लाखको व्यापार गरेको छ । योसँगै ‘भारत’ बलिउडको दोस्रो सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । पहिलो नम्बरमा आमिर खानको ‘ठग्स अफ हिन्दोस्तान’ छ ।

फिल्मीखबर, काठमाडौं, 2019-06-06, बिहिवार

अर्पण थापा निर्देशित फिल्म ‘घर’ को डरलाग्दो ट्रेलर सार्वजनिक भएको छ । बिहीवार युट्युबमार्फत् सार्वजनिक गरिएको ट्रेलरमा एक घरभित्र हुने भुत प्रेतको कथा देखाइएको छ । अभिनेत्री सुरक्षा पन्तले यस फिल्ममा अभिनेता तथा निर्देशक अर्पणको श्रीमतिको भूमिका निभाएकी छन् । भने, अर्की अभिनेत्री बेनिशा हमाल भुतको भूमिकामा रहेको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-06-06, बिहिवार

नेपाली चलचित्र कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघले यही जेठ २५ गते नयाँ कार्यसमितिको लागि नेतृत्व पाउँदैछ । अध्यक्ष पदका लागि सरिता लामिछाने र रविन्द्र खड्काले उम्मेदवारी दिएका छन् । भने, उपाध्यक्ष पदमा मनोज केसी, सानुकुमार ताम्राकार, विनोद कुमार भट्टराई र रेजिना उप्रेती भिड्दैछन् । महासचिव पदका लागि चेतबहादुर सिंह र संजय खतिवडाको उम्मेदवारी परेको छ ।

Results : 9787 - 9792 of 24024
Most Visited News (monthly)