Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बक्सअफिसमा ‘जजमेन्टल हे क्या’ को उछाल

एजेन्सी, मुम्बई, 2019/07/28
 
शुक्रबारबाट प्रदर्शनमा आएको अभिनेत्री कंगना रनौत र अभिनेता राजकुमार राव अभिनीत बहुप्रतिक्षीत फिल्म ‘जजमेन्टल हे क्या’ ले बक्सअफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । पहिलो दिन ५ करोड ४० लाख कमाएको फिल्मले दोस्रो दिन सानदार कमाई गरेको छ । दोस्रो दिन फिल्मको व्यापारमा लगभग ५० प्रतिशत उछाल आएको छ । 
 
शनिबार फिल्मले भारतीय बजारमा ८ करोड २ लाखको व्यापार गरेको बजार विशेषज्ञ जोगिन्दर तुतेजाले ट्विटरमार्फत् जानकारी दिएका छन् । उनका अनुसार, फिल्मले दुई दिनमा कूल १३ करोड ४२ लाखको व्यापार गर्न सफल भएको छ । ओपनिङ विकेन्डमा बक्सअफिसमा फिल्मको प्रदर्शन र ग्राफ अरु पनि उकालो लाग्ने देखिन्छ । 
 
यो फिल्म घरेलु बक्सअफिसमा करीब २ हजार स्क्रिनमा रिलिज भएको छ । पहिलादेखि नै फिल्मले करीब ५ करोडको ओपनिङ मिल्ने अनुमान गरिएको थियो । बजार विशेषज्ञका अनुसार, हल संख्या अनुसार फिल्मको कमाई निकै राम्रो हो । यो एक साइकोलोजिकल ब्लक कमेडी फिल्म हो । प्रकाश कोवेलामुदीले फिल्मको निर्देशन गरेका हुन् । 
 
फिल्म आफ्नो नामलाई लिएर पहिलादेखि नै चर्चा र विवादमा थियो । फिल्मको नाम 'मेन्टल हे क्या' बाट बदलेर 'जजमेन्टल हे क्या' राखिएको हो । कंगना र राजकुमारका अलावा बृजेन्द्र काला, जिम्मी शेरगिल र अमायरा दस्तूरको पनि प्रमुख भूमिका छ । फिल्मलाई प्रायः पाँचमा तीन स्टार मिलेको छ । दर्शकले फिल्म निकै रुचाएका छन् । 
Most Visited News (monthly)