Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पासवर्ड’ पोस्टरमा कामुक सन्नी, रिसाहा अनुप

फिल्मीखबर, काठमाण्डौ, 2019/07/29
बलिउड अभिनेत्री सन्नी लिओनीले ठुम्का लगाएको नेपाली फिल्म ‘पासवर्ड’ को अफिसियल पोस्टर लञ्च भएको छ । पोस्टरमा सन्नीसहित फिल्मका प्रमुख कलाकारहरु फिचर्ड छन् । एक पोस्टरमा अभिनेता द्वय अनुपविक्रम शाही र विक्रम जोशीलाई रिसाहा अवतारमा देख्न सकिन्छ । भने, अर्को पोस्टरमा सन्नी कामुक रुपमा देखिएकी छन् । फिल्म भाद्र २७ मा रिलिज हुँदैछ । 
 
रविन्द्र झा, बुद्धि तामाङ, प्रविण खतिवडा, लिशा सुनार, विक्रान्त बस्नेतलगायतका कलाकारहरुलाई पनि पोस्टरमा स्थान दिइएको छ । सन्नीले ठुम्का लगाएको यो फिल्मको ‘मेरो नाम सन्नी’ बोलको गीत यसअघि नै इन्टरनेट रिलिज भइसकेको छ । यो गीतले युट्युबमा राम्रो भ्यूज बटुल्न सफल भएको छ । फिल्ममा उनको संवादसहित केही सिन पनि रहेको निर्माण टिमले बताएको छ । 
 
 
धिरेन शाक्य, परी राणा, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको पनि ‘पासवर्ड’ मा अभिनय रहेको छ । एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको फिल्मलाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् । अकिंत गौतम कार्यकारी निर्माता रहेको फिल्ममा अजित के. थापा सह-निर्माताको रुपमा रहेका छन् । सम्राट बस्नेत फिल्मका निर्देशक हुन् । भने, सौरभ लामा छायाँकार हुन् । 
 
निकै महँगो लागतमा निर्माण भएको ‘पासवर्ड’ को ‘मेरो नाम सन्नी’ गीतमा ठुम्का लगाउन मात्र अभिनेत्री सन्नीले नेपाली झण्डै ३ करोड बुझेको जानकारी प्राप्त छ । उनी फिल्मको प्रिमियरमा सहभागी हुन नेपाल आउने निर्माण टिमले बताएको छ । आफूले ठुम्का लगाएको गीत ट्विटरमा साझेदार गर्दै सन्नीले नेपाली फिल्मको हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गरेकी थिइन् । 
Most Visited News (monthly)