Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘न यता न उता’ मा दुई ‘लुजर’ को कथा : समिरमणी

फिल्मीखबर, काठमाण्डौ, 2019/07/29
पछिल्लो समय नेपाली फिल्ममा कमेडीको नाममा दोहोरो अर्थ लाग्ने संवाद र हात, खुट्टा, मुख हल्लाएर र बङ्गाएर जबरजस्ती दर्शक हँसाउने होड चलेको छ । अहिले सिच्वेसनल कमेडीको खडेरीजस्तै छ । यसलाई यही शुक्रबारबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘न यता न उता’ ले केही हदसम्म परिपूर्ती गर्ने कलाकार समिरमणी दीक्षितले बताएका छन् । फिल्ममा उनी प्रमुख भूमिकामा छन् । 
 
मिडलाइफ क्राइसिसको विषयमा निर्माण भएको फिल्ममा दर्शकलाई जबरजस्ती हँसाउनका लागि दोहोरो अर्थ लाग्ने संवादलाई प्रशय नदिएको उनको भनाई छ । उनी भन्छन्, ‘ट्रेलरले नै फिल्म कमेडी प्रधान हो भन्ने स्पष्ट पार्छ । तर, फिल्ममा कमेडीको नाममा हाँ-हाँ र हु-हु छैन । फिल्ममा सिच्वेसनल कमेडी छ । दर्शकलाई सिच्वेसनलले हँसाउँछ ।’ फिल्म इन्टरटेनिङ रहेको उनी दाबी गर्छन् । 
 
मिराज रोश निर्देशित यो फिल्मको विभिन्न कारणले पटक-पटक प्रदर्शन मिति सरेको थियो । फिल्म निर्धारित मितिमा प्रदर्शन हुन नसक्नुको कारण निर्देशक रोश आफैंलाई दोष दिन्छन् । बेलायतमा फिल्म मेकिङको अध्ययन गरेका उनले भने, ‘म नेपालमै बसिरहने भएको भए फिल्म समयमै प्रदर्शन हुन्थ्यो होला । म काम विशेषले समय-समयमा बेलायत जानु पर्ने भएकाले फिल्म रिलिजमा ढिलाई भयो ।’ 
 
 
नेपालअघि फिल्मको बेलायमा प्रदर्शन भइसकेको र दर्शकबाट मिलेको प्रतिक्रियाले आफूहरु उत्साहित भएको उनी बताउँछन् । दर्शकको प्रतिक्रियापछि फिल्ममा केही परिवर्तन पनि गरेको उनले बताए । फिल्ममा उनको पनि प्रमुख भूमिका छ । दर्शकको स्वाद बुझेर आफूले फिल्म बनाएको उनको भनाई छ । फिल्मले केही हदसम्म स्टेरियोटाइप ब्रेक गर्न सफल हुनेमा उनी विश्वस्त छन् । 
 
४५ वर्ष कटेका दुई अर्धबैशे पुरुषको आन्तरिक द्वन्द्वलाई फिल्ममा उतारिएको कलाकार दीक्षित बताउँछन् । उनका अनुसार, फिल्म दुई ‘लुजर’ को कथा होे । ‘फिल्ममा जुन पात्र छन्, नेपाल आउँदा उनीहरुसँग केही पनि हुँदैन । धेरै पैसा पनि हुँदैन । जागिर पनि हुँदैन । विदेशमा बसेपछि मानिसको ठूलो प्रगति हुन्छ भनिन्छ । तर, विदेशमा बसेर केही पनि गर्न नसकेका दुई ‘लुजर’ को कथामा फिल्म आधारित छ’, उनले भने । 
 
ओम गुरुङ र रिना लामा कार्यकारी निर्मातामा रहेको फिल्म ‘न यता न उता’ मा ऋचा शर्मा, छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, भिमा मैनाली, राजन खतिवडा, जयनन्द लामालगायतको पनि अभिनय रहेको छ । फिल्ममा अरोन अशोक कुमारको छायांकन छ । फिल्मको गीतसंगीत र ट्रेलरलाई दर्शकले रुचाएका छन् । 
 
तश्विर : विष्णु शर्मा
Most Visited News (monthly)