Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9781 - 9786 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-06-08, शनिवार

नेपाल चलचित्र कलाकार संघमा रविन्द्र खड्का नेतृत्वको प्यानल निर्वाचित भएको छ । पदाधिकारीतर्फ खड्का प्यानलको उपाध्यक्षका उम्मेदवार विनोद कुमार भट्टराईबाहेक सबै उम्मेदवार विजयी भएका छन् । नेकपाका सक्रिय कार्यकर्ता रहेका अध्यक्षमा निर्वाचित खड्काले आफ्नो प्रतिद्वन्द्वी सरिता लामिछानेलाई ५७ मत अन्तरले हराएका हुन् । खड्काको पक्षमा २१८ र लामिछानेलाई १६१ मत झरेको थियो । 

फिल्मीखबर, काठमाण्डौ, 2019-06-08, शनिवार

बलिउडमा केही वर्षयता सुपरहिट फिल्मको सिक्वेलको लहड चलेको छ । एकाधबाहेक भारतीय दर्शकले पनि ब्लकबस्टर फिल्मको सिक्वेल रुचाएका छन् । मेकर्स पनि नयाँ नाममा फिल्म बनाउनुभन्दा सुपरहिट फिल्मको सिक्वेल बनाउन कम जोखिमपूर्ण मान्दछन् । सिक्वेलको यस समयमा अभिनेता अक्षय कुमारको अर्को एक सुपरहिट फिल्मको पनि सिक्वेल बन्ने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-06-08, शनिवार

नेपाली फिल्ममा केही अभिनेत्रीको निकै राम्रो डिमान्ड छ । साम्राज्ञी आरएल शाह, जसिता गुरुङ, पूजा शर्मापछि डिमान्डेड अभिनेत्रीको लिस्टमा आउने नाम हो- आँचल शर्मा । 'नाईं नभन्नू ल ४' बाट सुखद डेब्यू गरेकी उनले 'जोनी जेन्टलम्यान', 'शत्रु गते', 'ब्ल्याक' र हालसालै प्रदर्शनमा आएको फिल्म 'दाल भात तरकारी' गरि पाँच फिल्ममा अभिनय गरिसकेकी छन् । तर, दुर्भाग्य ! उनको अभिनयको प्रशंसा कुनै फिल्मबाट भएन । फिल्म सफल हुँदा पनि श्रेय पाउनबाट उनी बञ्चित भइन् ।

फिल्मीखबर, काठमाण्डौ, 2019-06-08, शनिवार

फिल्म क्षेत्रमा न कोही मित्र न त कोही शत्रु हुन्छ भनिन्छ । यहाँ सबैभन्दा प्रिय मित्र छिनभरमै शत्रु बनेका हुन्छन्/छन् । कट्टर शत्रु घनिष्ट मित्र भएका उदाहरणहरु पनि धेरै छन् । कतिपयको मित्रता भने देखाउनका लागि सबै ठिकठाक, तर वास्तविकतामा ३६ को आँकडामा हुन्छ । उदाहरणको रुपमा अभिनेता द्वय प्रदीप खड्का-अनमोल केसी र अभिनेत्रीमा पूजा शर्मा-आँचल शर्मालाई लिन सकिन्छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-06-07, शुक्रवार

नझुकिनुस्, अभिनेता भुवन केसीले वास्तविक जीवनमा अभिनेत्री रीमा विश्वकर्मासँग विवाह गरेका होइनन् । केही दिनदेखि नवलपरासीमा फिल्म ‘मिस्टर नेपाली’ को छायांकन भइरहेको छ । यस फिल्ममा अभिनेता भुवनको दोहोरो भूमिका छ । पिता र छोराको भूमिकामा उनी प्रस्तुत हुँदैछन् । उनको जोडीको रुपमा अभिनेत्री रीमा छिन् । बिहीवार फिल्मका लागि रीमा र भुवनको विवाहको दृश्य खिचिएको छ ।

एजेन्सी, मुम्बई, 2019-06-07, शुक्रवार

बलिउड सुपरस्टार ऋतिक रोशन आफ्नो नयाँ फिल्म ‘सुपर ३०’ का कारण चर्चामा छन् । यो फिल्म गणितका मास्टरमाइन्ड आनन्द कुमारको जीवनमा आधारित छ । हालै फिल्मको ट्रेलर रिलिज भएको छ र यसलाई मिश्रित प्रतिक्रिया मिलेको छ । कतिपयले फिल्ममा ऋतिकले निभाएको रोलमा राजकुमार राव वा पंकज त्रिपाठी जस्ता कलाकार राम्रो हुनसक्ने बताएका छन् । 

Results : 9781 - 9786 of 24024
Most Visited News (monthly)