
अभिनयको पारंगत मानिने अभिनेत्री नम्रता श्रेष्ठ शुक्रबारबाट ३३ वर्षमा प्रवेश गरेकी छन् । उनले शुक्रबार राजधानीमा एक कार्यक्रममा बीच आउँदो भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जाइरा’ को टिमसँग जन्मदिन सेलिब्रेट गरिन् । यो फिल्ममा उनले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निभाएकी छन् । उनी फिल्मको निर्माता मध्येकी एक हुन् ।

छायांकन सुरु नहुँदै दर्शकमा फिल्म ‘प्रेमगीत ३’ को व्यग्र प्रतिक्षा भइरहेको छ । छेतेन गुरुङ्ग र सन्तोष सेनले मिलेर निर्देशन गर्ने फिल्ममा अभिनेता प्रदीप खड्काले ‘प्रेम’ को भूमिका निभाउँदैछन् । ‘गीत’ अर्थात् लिड अभिनेत्रीका लागि अहिले अडिसन चलिरहेको छ । केही दिनमा ‘गीत’ क्यारेक्टरका लागि एक युवती छनोट गरिने निर्माता सेन बताउँछन् । नयाँ वर्षको मेसोमा चैत २८ गतेबाट यो फिल्म प्रदर्शनमा आउने निश्चित भइसकेको छ ।

ईदमा रिलिज भएको बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘भारत’ ले बक्सअफिसमा जबरजस्त व्यापार गरिरहेको छ । फिल्मलाई लिएर सलमानका फ्यानमा लोभलाग्दो क्रेज छ । यसलाई यो कुराले पनि पुष्टि गर्छ कि फिल्मले अहिलेसम्म १ सय ७५ करोडको व्यापार गरिसकेको छ । ‘भारत’ ले केही दिनमा भारतबाटै २ सय करोडको आँकडा पार्ने गर्ने देखिन्छ ।

फिल्म ‘दाल भात तरकारी’ ले यस वर्षको सुखद सुरुवात गर्यो । शुक्रवारबाट पाँचौ हप्तामा प्रदर्शन थालनी गरेको फिल्म ‘जात्रै जात्रा’ ले पनि लोभलाग्दो व्यापार गरेपछि फिल्मकर्मीमा उत्साह थपिएको छ । गत वर्ष ६ महिना फिल्म नचल्दा फिल्म क्षेत्र नै धरासायी हुने अवस्थामा पुगेको थियो । निर्माताहरु आत्तिएका थिए । तर, चैत २९ मा रिलिज भएको ‘ए मेरो हजुर ३’ ले सुस्ताएको फिल्मको व्यापार राम्रै चलायमान बनायो ।

दुई करोड भारतीय रुपैयाँ बुझेर बलिउड अभिनेत्री सन्नी लियोनीले नृत्य गरेको नेपाली फिल्म ‘पासवर्ड’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘मेरो नाम सन्नी’ बोलको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गायिका दुर्गा खरेलको स्वर रहेको गीतको शब्द विक्रम जोशीले लेखेका हुन् । गीतको भिडियोमा सन्नीले बोल्ड ठुम्का लगाएकी छन् ।

गएको दुई वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) को तेस्रो संस्करण २०२० फेबु्रअरी १३ देखि १७ सम्म काठमाडौंमा हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने निफको तेस्रो संस्करणको बुधबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराइयो ।

