
एउटा कलाकारका लागि सबैभन्दा ठूलो सम्पत्ति भनेको दर्शक हुन् । कलाकारका लागि दर्शक भगवान बराबर हुन्छन् भन्ने गरिन्छ । किनकि, दर्शकको साथ र माया भएन भने कुनै पनि कलाकार पूर्ण कलाकार हुन सक्दैन । कलाकारको भाग्य निर्धारण गर्ने जिम्मा दर्शकको हातमा हुन्छ । यसैले त कलाकारहरु पनि दर्शक रिझाउन हर सम्भव प्रयास गर्ने गर्दछन् । तर, जो कोही दर्शकको मनमा बस्न सक्दैनन् ।

नाम आफैंमा ब्रान्ड बनिसकेको छ, ‘प्रेमगीत’ । यो फिल्म व्यापारिक रुपमा असफल भए पनि समीक्षात्मक रुपमा सफल साबित भएको थियो । दर्शकले पनि औधि रुचाएका थिए । सुदर्शन थापा निर्देशित तथा सन्तोष सेन निर्मित यस फिल्मबाट दुई ‘स्टार’ पनि जन्मिए- अभिनेता प्रदीप खड्का र अभिनेत्री पूजा शर्मा । केही समययता दुईले नेपाली फिल्ममा आफ्नो बलियो साम्राज्य खडा गरेका छन् । दुबैको लोभलाग्दो डिमान्ड छ ।

गायिका तारादेवीले गाएको एक चर्चित गीत छ, ‘सोचे जस्तो हुन्न जीवन । सम्झे जस्तो हुन्न जीवन ।’ गीतमा भनेझैँ जीवन कहिल्यै सोचे र सम्झे जस्तो हुन्न । सोचेजस्तै जीवन हुने भए संसारमा दुखी व्यक्ति सायदै भेटिन्थे । रहरहरु कसैका अपुरा हुँदैन थिए । असफलतासँग कसैले घम्साघम्सी गर्नु पर्दैन थियो । यसैले भनिएको हुनसक्छ- 'जीवन एउटा यात्रा हो । कहिले सुःख त कहिले दुःख ।'

केही समयदेखि बलिउडका मिस्टर परफेक्सनिस्ट आमिर खान आफ्नो नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ लाई लिएर चर्चामा छन् । यसबीच, फिल्ममा लिड अभिनेत्रीको नामलाई लिएर ठूलो खुलासा भएको छ । यो फिल्मको घोषणा आमिरले आफ्नो जन्मदिनको अवसरमा गरेका थिए । तर, अहिलेसम्म कास्टिङमा काम भइरहेको छ ।

नेपाली फिल्म ठूला चाडपर्वबाहेक अरु समयमा शुक्रबारमात्र रिलिज गर्नुपर्ने नियम छ । यो नियम विदेशी फिल्मका लागि पनि लागू हुने भन्दै चलचित्र विकास बोर्डले भारतमा बुधबार प्रदर्शनमा आएको फिल्म 'कलंक' लाई सोही दिन नेपाल रिलिज गर्न रोक्यो । फिल्म शुक्रबार रिलिज भयो । गएको बुधबार प्रदर्शनमा आएको फिल्म 'भारत' पनि शुक्रबार रिलिज गर्नुपर्ने अडानमा बोर्ड अडिक थियो ।

अभिनेत्री नम्रता श्रेष्ठलाई अभिनयकी रानी भन्ने गरिन्छ । उनको जीवन्त अभिनयले धेरैलाई लोभ्याउने गरेको छ । उनको सुन्दरताका प्रशंसक पनि धेरै छन् । शुक्रबारबाट ३२ वर्ष पूरा गरेकी उनको पछिल्लो रिलिज फिल्म 'प्रसाद' हो । यो फिल्मले बक्सअफिसमा राम्रो पैसा छाप्यो । नम्रताको अभिनयको पनि गबजकै प्रशंसा भयो ।

