Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सोच’ गीतमा छल्कियो प्रज्वल र नीताको प्रेम (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/08/08
 
भाद्र २० गतेबाट प्रदर्शनमा आउन लागेको एक्सन-लभस्टोरी फिल्म ‘सोच’ को ‘तिमीले मलाई साहारा’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ । गीतमा अभिनेत्री नीता ढुंगाना र अभिनेता प्रज्वल गिरीलाई प्रेमिल भावमा प्रस्तुत छन् । शंकर अधिकारी घायलले लेखेको गीतमा योगेश काजी, जुनु गौतम र सुनीता थेगिङको स्वर र डिजे एलएक्सको संगीत छ ।
 
पुजन सिंह (प्रभाकर प्रकाश) को निर्देशनमा निर्माण भएको फिल्ममा नीता र प्रज्वलका साथमा नव-नायक पूजन सिंह प्रमुख भूमिकामा छन् । सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको फिल्मका अन्य कलाकारमा बिशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसीलगायत छन् । 
 
गंगा रजक प्रकाश र एस.डी निर्माता रहेको फिल्म बिदुर पाण्डेले खिचेका हुन् । कृष्ण आचार्यको पटकथा तथा संवाद सोचमा एनबि महर्जनको द्वन्द्व निर्देशन, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी र प्रितम पाण्डेको सम्पादन छ । आरआर फिल्मस्ले बितरण गर्ने फिल्ममा भरपूर मनोरञ्जनसँगै सन्देशसमेत रहेको दाबी निर्देशक पुजनको छ ।
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)