Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9733 - 9738 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-06-18, मंगलवार

गत वर्ष प्रदर्शनमा आएका फिल्महरु मध्ये सर्वाधिक चर्चामा रहेको अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ स्टारर फिल्म ‘लभ स्टेशन’ को अहिले विभिन्न देशमा प्रदर्शन भइरहेको छ । चोरीको बात लागेपछि नेपालमा राम्रो व्यापार गर्न चुकेको यस फिल्मको गएको आइतबार हङकङमा प्रदर्शन भएको छ । फिल्मको प्रदर्शनका लागि नेपालबाट अभिनेता प्रदीप र निर्माता गोविन्द शाही त्यहाँ पुगेका थिए । 

फिल्मीखबर, काठमाण्डौ, 2019-06-18, मंगलवार

कुनै पनि फिल्मको हाइप निर्माण गर्न गीतसंगीतको ठूलो भूमिका हुन्छ । गीतले फिल्मलाई दर्शकमाझ प्रतिक्षीत बनाउन सक्छ । गीत हिट भएकोे खण्डमा यसको प्रत्यक्ष असर फिल्मको व्यापारमा पनि पर्छ । यसैले निर्माताहरु गीत छनोट गर्न र उत्कृष्ट बनाउन कुनै कसर छाड्दैनन् । गीत राम्रो बने फिल्मको इनिसियल बक्सअफिस आक्रामक हुने सोचाई अहिले फिल्ममेकरमा व्याप्त छ । 

फिल्मीखबर, काठमाडौं, 2019-06-18, मंगलवार

नेपालमा विदेशी फिल्मको दबदबा चर्को छ । आशा गरिएका हलिउड वा बलिउड फिल्मले नेपालमा करोडौं छापेका उदाहरण छन् । नेपाली दर्शकहरु पनि आफ्नै मुलुकको फिल्मभन्दा विदेशी फिल्मप्रति नै बढी चासो राख्ने गर्दछन् । नेपाली फिल्म भनेपछि नाक खुम्च्याउन अझै छाडेका छैनन् । यसको प्रमुख कारण नेपालमा गुणस्तरिय कम पट्यारलाग्दा फिल्मको बोलबाला बढी छ । 

एजेन्सी, मुम्बई, 2019-06-17, सोमवार

बलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म ‘भारत’ को कमाईको रफ्तार निकै सुस्ताएको छ । ५ जून (बुधबार) रिलिज भएको यो फिल्मले ओपनिङ डेमा रेकर्ड ब्रेकिङ कमाई गरेको थियो । प्रदर्शनको पाँच दिनमा डेढ सय करोडको आँकडा पार गरेको फिल्मको कमाईमा अहिले लगातार गिरावट आएको छ । फिल्मले दोस्रो विकेन्डमा पनि राम्रो व्यापार गर्न सकेन ।

फिल्मीखबर, काठमाण्डौ, 2019-06-17, सोमवार

रोमान्टिक लभस्टोरी जनरामा निर्माण भएको ‘लभ यू हमेशा’ को प्रदर्शन मिति घोषणा गरिएको छ । भाष्कर प्रधान निर्देशित फिल्म आउँदो भदौ ६ गतेबाट देशभर प्रदर्शनमा आउने निश्चित भएको छ । प्रदर्शन मितिसँगै निर्माण टिमले सोमवार फस्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टर रोमान्टिक थिममा तयार पारिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2019-06-17, सोमवार

लामो समयदेखि चर्चामा रहेको फिल्म ‘प्रेमगीत ३’ मा अभिनेता प्रदीप खड्काको पिताको भूमिकामा अभिनेता राजेश हमाललाई अफर गरिएको थियो । निर्माण कम्पनी आशुसेन फिल्मस्का सन्तोष सेन र हमालबीच फिल्मलाई लिएर विभिन्न चरणमा छलफल समेत भएको थियो । स्क्रिप्ट सुनेपछि फिल्म गर्ने मनस्थिति  बनाएका हमालले अन्ततः ‘प्रेमगीत ३’ नगर्ने भएका छन् । यसको जानकारी निर्माता सेनले फिल्मीखबरलाई दिए । 

Results : 9733 - 9738 of 24024
Most Visited News (monthly)