Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जाइरा’ ट्रेलरमा नम्रताको एक्सन अवतार (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/08/07
भाद्र ६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको आशुतोष राज श्रेष्ठ निर्देशित फिल्म ‘जाइरा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरले फिल्म बदलाको कथामा केन्द्रित रहेको प्रस्ट्याउँछ । एक्सनले भरिएको २ मिनेट १ सेकेण्ड छोटो ट्रेलर इन्गेजिङ छ । 
 
 
 
यो फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठ मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । ट्रेलरमा देखिएको उनको लुक्सले दर्शकमा फिल्मप्रति कौतुहलता बढाउने निश्चित छ । फिल्मका लागि उनले आफ्नो कपाल तिलाञ्जली दिएकी थिइन् । फिल्मको ट्रेलरमा भर्सटायल अभिनेता प्रमोद अग्रहरीको लुक्स र गेटअपले पनि ध्यान खिच्न सफल छ । 
 
‘जाइरा’ मा नम्रता र प्रमोदसँगै अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले शिर्ष भूमिकामा अभिनय गरेका छन् । निर्देशक श्रेष्ठ र निरोज महर्जनले पटकथा तयार पारेका हुन् । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने लोकेश बज्रचार्यको सम्पादन छ । 
 
 
 
अभिनेत्री श्रेष्ठको होम प्रोक्डक्सन नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्सको ब्यानरमा निर्माण भएको फिल्ममा सम्राट बस्नेको द्वन्द्व निर्देशन छ । ‘जाइरा’ मा एक्सन अवतारमा प्रस्तुत भएकी अभिनेत्री नम्रताले आफूले कहिल्यै एक्सन फिल्म गर्नेबारे नसोचेको बताउँछिन् । निर्देशक श्रेष्ठले कन्भिन्स गराएपछि आफू यो फिल्म गर्न तयार भएको उनको भनाई छ । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)