
गएको तीन वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘लुट २’ पछि युवा निर्देशक निश्चल बस्नेतले कुनै फिल्म निर्देशन गरेका छैनन् । यो फिल्मले बक्सअफिसमा राम्रो पैसा छापे पनि चर्को आलोचना खेप्नुपर्यो । ‘लुट’ को साख जोगाउन नसकेको टिप्पणी भएको थियो । उनी स्वयं पनि ‘लुट २’ मा आफूले गल्ती गरेको स्वीकार गर्छन् । उनी यस फिल्मबाट घैंटोमा घाम लागेको बताउँछन् ।

बैशाख र जेठ महिनामा फिल्मको छायांकन अत्याधिक हुने गर्दछ । मौसमले राम्रो साथ दिने हुँदा फिल्म छायांकनका लागि यो महिना उत्तम मानिन्छ । गत वर्ष मात्र यो महिनामा ३० भन्दा बढी फिल्म फ्लोरमा थिए । तर, यस वर्षबाट फिल्म निर्माणको संख्या घट्ने देखिएको छ । निर्माण कम भयो भने फिल्म रिलिजको संख्यामा पनि कमी आउँछ । अहिले फ्लोरमा आधा दर्जन फिल्म पनि छैनन् ।

निर्माण अगावैदेखि चर्चामा रहेको नवल नेपाल निर्देशित फिल्म ‘मारुनी’ को पहिलो गीत ‘जाम्न माया जाम’ मंगलबार सार्वजनिक हुँदैछ । निर्माण टिमले केही दिन अघिदेखि गीतको काउनडाउन सुरु गरिसकेको छ । गीतमा ‘मनमगन’ गायक दिपक बज्रचार्यको स्वर छ । गायक बज्रचार्य ‘जाम्न माया जाम’ ले दर्शकलाई फेरि एकपटक नचाउने बताउँछन् ।

बलिउडका ह्यान्डसम अभिनेता कार्तिक आर्यनले लगातार हिट फिल्मबाट इन्डस्ट्रीमा आफ्नो लागि खास स्थान बनाइसकेका छन् । उनी अहिले बलिउड अभिनेता सैफ अली खानको हिट फिल्म ‘लभ आज कल’ को दोस्रो पार्ट ‘लभ आज कल २’ मा व्यस्त छन् । यसमा उनको अपोजिटमा अभिनेत्री सारा अली खान देखिँदैछिन् ।

आफ्नो समयका सफल अभिनेत्री द्वय करिश्मा मानन्धर र नम्रता श्रेष्ठको मित्रता निकै लोभलाग्दो छ । लामो समयदेखि दुईको मित्रतामा कुनै दरार आएको छैन । उमेर अन्तर धेरै भए पनि दुबै एकअर्कासँग बेला-बेलामा समय विताइरहेका हुन्छन् । करिश्माको घरमा विशेष कार्यक्रम आयोजना भयो भने नम्रता छुट्दिनन् । नम्रता पनि आफ्नो खुसीमा करिश्माको साथ खोज्छिन् ।

२०६६ साल जेष्ठ २६ गते अर्थात् आजकै दिनबाट आफ्नो यात्रा आरम्भ गरेको लोकप्रिय फिल्म सम्बन्धि अनलाइन फिल्मीखबर डटकमले आफ्नो दशौं बार्षिकोत्सव मनाएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच केक काटेर सेलिब्रेसनसँगै फिल्मीखबर डटकमको पारिवारिक सदस्यको रूपमा रहेर साथ दिने पत्रकारहरुलाई कदर पत्र पनि हस्तान्तरण गरिएको छ ।

