Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रेम प्रस्ताव राखेर ‘लभ यु हमेशा’ बाट पुरस्कार जित्ने मौका

फिल्मीखबर, काठमाण्डौ, 2019/08/08
 
भाद्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको लभस्टोरी फिल्म ‘लभ यु हमेशा’ को ‘भिडियो कन्टेस्ट’ घोषणा गरिएको छ । विवाहित वा अविवाहित दुबै जोडीले भाग लिन सक्ने प्रतियोगितामा प्रेम प्रस्ताव राखेको भिडियो बनाएर लभ यु हमेशा लेखेर फिल्म ‘लभ यु हमेशा’ को फेसबुक पेजमा पठाउनु पर्ने निर्देशक भास्कर प्रधानले जानकारी दिए ।
 
लाइक र कमेन्टको आधारमा प्राप्त भिडियोहरु मध्ये उत्कृष्ट घोषणा गरि पुरस्कृत गरिने निर्माण टिमले बताएको छ । ‘लभ यु हमेशा’ को निर्माण ब्यानर धर्मा क्रियशनले विजेतालाई फिल्मका कलाकारसँग भेटघाट, रेड कार्पेट प्रिमीयरमा सहभागी हुने अवसर तथा तीन दिन र चार रातको दार्जिलिङ भ्रमण प्याकेजसहित विभिन्न उपहार प्रदान गरिने जनाएको छ । 
 
भिडियो प्रतियोगीताको बिजेता घोषणा भदौ २१ मा गरिनेछ । त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिएको फिल्मको हाल फिलिपिन्सको बिभिन्न स्थानमा दुईटा गीत छायांकन भइरहेको छ । रामजी लामीछानेको कोरियोग्राफी र शिब ढकालको छायांकन रहेको ती गीतमा फिल्मका मुख्य कलाकार यशराज गरच, ऋचा थापा र फिजा योन्जन फिचर छन् । 
 
यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सह निर्माता रहेको फिल्ममा यशराज, ऋचा, फिजाका साथमा गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ,निराजन मेहता, पिटी योल्मा, प्रमिला राईलगायतको पनि अभिनय छ । भारतको कालेबुङ, सिलगुडी, काठमाडौपछि हाल फिलिपिन्समा छायांकनरत फिल्ममा भासुको संगीत र एनवी महर्जनको द्वन्द्व निर्देशन छ । 
 
भिडियो बनाउने तरिका :-

Most Visited News (monthly)