
अनस्क्रिन रोमान्स गरेको जोडी रियल लाइफ कपल भएका उदाहरणहरु धेरै छन् । फिल्मको सेटबाट प्रायःको प्रेमको पालुवा पलाएको हुन्छ । आयुष्मान देशराज जोशी र प्रियंका कार्की एक उदाहरण हुन् । हुनत, कोही कसैको प्रेममा पर्नु वा रहनु नौलो होइन । तर, सेलिब्रेटीको लभ लाइफ दर्शकका लागि चासोको विषय बन्ने हुँदा यसलाई मिडियाले पनि विशेष स्थान दिने गरेको छ । केही भने चर्चाका लागि पनि प्रेमको हल्ला फिजाउने गर्दछन् ।

बलिउड र टलिउडले मिलेर एक धमाकेदार फिल्म ‘साहो’ बनाएको छ । दर्शकलाई फिल्मको घोषणादेखि नै यसको ट्रेलर र टीजरको व्यग्र प्रतिक्षा थियो । बिहीवार फिल्मको अफिसियल टीजर सार्वजनिक भएको छ । टीजरबाट फिल्म एक्सन र रोमान्सले भरिपूर्ण रहेको अनुमान लगाउन गाह्रो पर्दैन । टीजर जबरजस्त बनेको छ ।

नेपालमा गएको बुधबार प्रदर्शनमा आएको बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘भारत’ ले प्रदर्शनरत नेपाली फिल्म ‘जात्रै जात्रा’ को व्यापारमा ठूलो असर गर्यो । ‘भारत’ लाई मल्टीप्लेक्सहरुले उच्च शो बाँड्दा ‘जात्रै जात्रा’ न्यून शोमा खुम्चिनु परेको थियो । नेपालमा प्रदर्शनको केही दिन सलमानको फिल्मले राम्रै पैसा छाप्यो । तर, ‘वर्ड अफ माउथ’ कमजोर हुँदा फिल्मको व्यापार नराम्रोसँग खस्किएको छ ।

अहिलेकी सर्वाधिक महँगी र डिमान्डेड अभिनेत्री साम्राज्ञी आरएल शाह छानेर फिल्म गर्ने गर्छिन् । सकभर वर्षमा दुईभन्दा बढी फिल्म गर्दिनन् । अभिनेता अनमोल केसी स्टारर फिल्म ‘ड्रिम्स’ ले नसोचेको सफलता दिलाएपछि उनले करिअर पछाडि फर्किएर हेर्नु परेको छ । ठूलो ब्यानरका फिल्म उनको हातमा टुटेका छैनन् । मुख्य भूमिकामा खेलेरै फिल्मलाई काँध हालेर हिँड्न सक्ने उनमा ल्याकत छ ।

दिनेश लिङ्देनको निर्देशनमा थ्रिलर कथामा फिल्म ‘पायल’ बन्ने भएको छ । यस फिल्मको सोमवार राजधानीमा एक कार्यक्रमका बीच शुभसाइत गरिएको छ । शुक्रबारदेखि औपचारिक रुपमा छायांकन सुरु हुने फिल्म काठमाडौं उपत्यकासँगै पूर्वका विभिन्न ठाँउहरुमा छायांकन गरिने निर्देशक लिङ्देनले जानकारी दिए ।

३ सयभन्दा बढी म्यूजिक भिडियोमा काम गरिसकेका अभिनेता पुष्प खड्काको अहिले फिल्ममा राम्रो डिमान्ड छ । दुई वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘मंगलम’ मा उनको अभिनयको सर्वत्र प्रशंसा भएको थियो । यसअघि ‘अझै पनि’ र ‘दर्पण छाँया २’ मा काम गरेर उनलाई कुनै फाइदा भएन । संख्या बढाउनुबाहेक । ‘मंगलम’ पछि भने उनीमाथि ठूलो ब्यानरको पनि आँखा पर्न थालेको छ ।

