
एडल्ट स्टारबाट बलिउड स्टार बनेकी हट एण्ड बोल्ड अभिनेत्री सन्नी लियोनी प्रायः नेपाल आइरहेकी हुन्छिन् । कहिले विभिन्न रमणीय स्थान घुम्न त कहिले आफू ब्रान्ड एम्बसेडर रहेको कम्पनीको ब्रान्ड प्रवद्र्धन गर्न उनी बाक्लै नेपाल आउने गरेकी छन् । नेपाल भ्रमणमा रहँदा उनले सधैं नेपाली फिल्ममा काम गर्न इच्छा व्यक्त गर्दथिन् । फिल्म ‘पासवर्ड’ बाट उनले नेपाली फिल्मको हिस्सा बन्ने अवसर पाएकी छन् ।

निर्माणको ५ वर्षपछि प्रदर्शनका लागि तयार भएको छ फिल्म ‘कीर्तिपुर : द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ । यो फिल्म लामो समय सेन्सरमा अड्किएको थियो । सेन्सर बोर्डले प्रदर्शनका लागि बाटो खोलिदिएपछि यही असार १३ गतेबाट फिल्म देशैभर एकसाथ पर्दामा लाग्दैछ । तत्कालिन राजा पृथ्वीनारायण शाहले एकिकरणको अभियानमा १८ औं शताब्दिमा कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तुमा फिल्म आधारित छ ।

असार २० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘सानो मन’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको फिल्ममा समावेश ‘रानु कम्मर’ बोलको गीतले चर्चा बटुल्दै गर्दा निर्माण टिमले आइतबार प्रेम र रोमान्सले भरिएको ट्रेलर सार्वजनिक गर्यो । ट्रेलरमा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रेममा आउने उचारचढाव देखाइएको छ ।

अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘आप्पा’ को ‘साउने झरी’ बोलको ओएसटी गीत सार्वजनिक भएको छ । विज्ञान बराइलीको स्वर रहेको गीतको शब्द उमेश उपमाको लेखेका छन् । भने, संगीत अनमोल गुरुङ र सैकत देवले भरेका छन् । गीतको अडियो सशक्त छ । भिडियोमा मेकिङ गजबको देखिन्छ । गीतमा एक छोरा र पिताको प्रेम दर्शाइएको छ ।

डेढ दशक अगाडिसम्म नेपाली फिल्मलाई हलमा प्रदर्शनको ५१ औं र सय दिन मनाउन सकस पर्दैन थियो । प्रायः फिल्मले सजिलै यो यात्रा पार गर्थे । तर, केही वर्षयता नेपाली फिल्मलाई हलमा एक हप्ता पनि टिक्न मुश्किल छ । कति त पहिलो शोबाटै उत्रिन्छन् । गुणस्तरिय फिल्म बन्न नसक्नु यसको प्रमुख कारण मानिन्छ । यद्यपि, अझै पनि एकाध फिल्मले प्रदर्शनको ५१ दिन भने मनाइरहेका छन् ।

साउथको ब्लकबस्टर फिल्म हो ‘बाहुबली’ । यो फिल्मको दुई पार्ट्स प्रदर्शनमा आइसकेको छ । अब सबै यसको तेस्रो पार्ट्सको प्रतिक्षामा छन् । सुपरहिट फिल्म ‘बाहुबली’ मा प्रमुख भूमिका निभाएकी अभिनेत्री तमन्ना भाटियालाई सधैं ‘बाहुबली’ को तेस्रो पार्ट्सको बारेमा सोध्ने गरिन्छ । फिल्ममा उनले साउथ सुपरस्टार प्रभाससँग रोमान्स गरेकी थिइन् ।

