
बलिउड अभिनेत्री कटरीना कैफ केही दिनदेखि बलिउडमा राम्रै छाएकी छन् । इदमा रिलिज भएको उनी अभिनीत फिल्म 'भारत' ले अहिले बक्सअफिसमा रेकर्डतोड व्यापार गरिरहेको छ । फिल्मले प्रदर्शनको ६ दिनमा भारतबाट मात्र १ सय ५९ करोडको व्यापार गरिसकेको छ । फिल्मले चाँडै दुई सयको आँकडा पार गर्ने ट्रेड एनालिस्टहरुको अनुमान छ ।

गत वर्षको फागुनमा प्रदर्शनमा आएको अभिनेता अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ बाट सुखद डेब्यू गरेकी अभिनेत्री उपासना सिंह ठकुरीलाई दर्शक र फिल्मकर्मीले सम्भावना बोकेकी अभिनेत्रीको रुपमा लिएका छन् । डेब्यू फिल्ममा उनको स्वभाविक अभिनय र सुन्दरताको सबैले प्रशंसा गरेका थिए । ‘क्याप्टेन’ को ‘रहर छ सँगै’ र ट्रेलर रिलिज भएपछि नै उनलाई धेरै फिल्मबाट अफर आएको थियो ।

निर्माण अगावैदेखि दर्शकमाझ प्रतिक्षीत बनेको फिल्म ‘प्रेमगीत ३’ को दशैं लगत्तै छायांकन सुरु हुँदैछ । २ सय वर्ष पुरानो प्रेमकथामा आधारित भएर निर्माण हुन लागेको फिल्मलाई छेतेन गुरुङले निर्देशन गर्दैछन् । उनलाई निर्देशनमा ‘प्रेमगीत’ सिरिजका निर्माता सन्तोष सेनले सघाउनेछन् । फिल्मको कथा छेतेनको हो । ‘प्रेमगीत ३’ मा तेस्रो पटक पनि ‘प्रेम’ को भूमिकामा अभिनेता प्रदीप खड्का छन् ।

भाद्र १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मारुनी’ को डान्सिङ नम्बर ‘जाम्न माया जाम’ सार्वजनिक भएको छ । ‘मनमगन’ गायक दिपक बज्रचार्यको स्वर रहेको गीतको भिडियोमा फिल्मकी लिड अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता पुष्प खड्का फिचर्ड छन् । रिक्की शाक्यको शब्द रहेको गीतमा गायक बज्राचार्य स्वयंको संगीत छ । उनले एक दशकपछि फिल्मको गीत गाएका हुन् ।

बलिउडको धमाकेदार एक्सन फिल्म मध्येको एक ‘बागी’ को तेस्रो पार्टमा श्रद्धा कपूर र टाइगर श्राफ फाइनल भइसकेका छन् । श्रद्धा अहिले आफ्नो नयाँ फिल्म स्ट्रीट डान्सरको छायांकनमा व्यस्त छन् । यो फिल्म लगत्तै उनी ‘बागी ३’ को छायांकन सुरु गर्नेछिन् । टाइगर भने यो फिल्मका लागि अहिले जिममा पसिना बगाइरहेका छन् ।

चकलेटी अभिनेताको रुपमा परिचित पल शाहको शहरिया युवापुस्तामा गजबको क्रेज छ । ५ सयभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरेर लोभलाग्दो फ्यान फलोइंग बनाएका उनलाई भेट्रान निर्देशक विकासराज आचार्यले आफ्नो सुपरहिट फिल्म 'नाईं नभन्नू ल ४' बाट लिड रोलमा ब्रेक दिएका थिए । यसअघि केही मेकर्सले उनलाई लिएर फिल्म बनाउने घोषणा नगरेका थिएनन् । तर, कुनै बनेनन् ।

