Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9283 - 9288 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-09-18, बुधवार
प्रायः कलाकारहरु प्रेम सम्बन्ध बाहिर ल्याउन चाहँदैनन् । यसले करिअरलाई राम्रो नगर्ने बुझाई उनीहरुमा छ । तर, नेपाली फिल्ममा केही यस्ता जोडी छन्, जो खुल्लम खुल्ला प्रेममा रमाइरहेका छन् । यसका एक उदाहरण हुन्, अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी । यी दुईले आफूहरु प्रेममा रहेको कुरा कहिल्यै लुकाएनन् । अहिले उनीहरु फिल्म र भिडियो सँगसँगै गरिरहेका छन् । 
फिल्मीखबर, काठमाण्डौ, 2019-09-18, बुधवार
‘क्यूट गर्ल‘ उपासना सिंंह ठकुरीको दोस्रो फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । उनले गत वर्ष प्रदर्शनमा आएको अहिलेका चल्तीका अभिनेता अनमोल केसीको प्रमुख भूमिका रहेको फिल्म ‘क्याप्टेन’ बाट डेब्यू गरेकी थिइन् । यो फिल्ममा उनको स्वभाविक अभिनय र सुन्दरताको निकै प्रशंसा भएको थियो । उनलाई सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेरिएको छ । 
फिल्मीखबर, काठमाण्डौ, 2019-09-18, बुधवार

नेपाली उखान छ, ‘बगेको खोला १२ वर्षपछि पनि फर्किन्छ ।’ बगेको खोला फर्किन्छ वा फर्किँदैन थाहा छैन तर निर्देशक तथा चर्चित सञ्चारकर्मी भुषण दाहाल भने फिल्म निर्देशनमा करीब १२ वर्षपछि फर्किने भएका छन् । दशक अगाडि उनले फिल्म ‘कागबेनी’ निर्देशन गरेका थिए । यो नेपालको पहिलो डिजिटल फिल्म हो । त्यसअघि नेपाली फिल्म रिलमा खिचिन्थ्यो । 

फिल्मीखबर, काठमाण्डौ, 2019-09-17, मंगलवार

यस वर्षको बहुप्रतिक्षीत फिल्ममध्ये एक ‘कबड्डी कबड्डी कबड्डी’ को एडभान्स बुकिङ खुल्ला गरिएको छ । शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्मलाई नेपालको सबैभन्दा बढी चेन भएको क्यूएफएक्स सिनेमाज्ले सर्वाधिक सोज बाँडेको छ । काठमाडौंको पाँच स्टेशनमा फिल्मलाई ३७ शो दिइएको छ । यसअघि कुनै नेपाली फिल्मले यो संख्यामा सोज पाएका थिएनन् । 

एजेन्सी, मुम्बई, 2019-09-17, मंगलवार
वर्ष १९९९ मा प्रदर्शनमा आएको ब्लकबस्टर फिल्म ‘हम दिल दे चुके सनम’ पछि निर्देशक सञ्जय लिला भन्साली र बलिउड सुपरस्टार सलमान खानबीच टिमअप भएको छैन । पटक-पटक दुईबीच टिमअपको प्रयास भए पनि विभिन्न कारणले सम्भव हुन सकेन । बल्लतल्ल फिल्म ‘इन्शाअल्लाह’ मा १९ वर्षपछि दुई सँगै काम गर्न तयार भएका थिए । तर, यो प्रोजेक्ट पनि अन्योलतातर्फ धकलिएको छ । 
फिल्मीखबर, काठमाण्डौ, 2019-09-17, मंगलवार

गएको साउन अन्तिममा प्रदर्शनमा आएको फिल्म ‘हजार जुनीसम्म’ को ट्रेलर रिलिज कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्काले एक बयान दिइन्, ‘२० लाख पारिश्रमिक लिएपछि ५० लाखको दर्शक हलमा तान्न सक्नुपर्छ ।’ यो अभिव्यक्ति उनीमाथि निकै भारी पर्‍यो । उनले अभिनेत्री पूजा शर्मालाई लक्षित गरेर उक्त बयान दिएको भन्दै ठूलै हल्लाखल्ला भयो । एक फिल्ममा पूजाले २० लाख पारिश्रमिक लिएको खबर बाहिरिएकै समयमा स्वस्तिमाले यो अभिव्यक्ति दिएकी थिइन् । 

Results : 9283 - 9288 of 24024
Most Visited News (monthly)