Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9301 - 9306 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-09-15, आईतवार

लामो समयदेखि फिल्म सम्बन्धि विभिन्न विधामा अध्यापन गराउँदै आएको ओस्कार कलेजले भारतीय फिल्म कलेजसँग पठन-पाठनमा सहकार्य गर्ने भएको छ । ओस्कार कलेजले केही दिनअघि भारतको ‘सत्यजित रे फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट’, ‘फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट’ र ‘नेसनल स्कुल अफ ड्रामा’ का डिन तथा पदाधिकारीलाई भेट्दै औपचारिक रुपमा सम्झौता गरेको हो । 

फिल्मीखबर, काठमाण्डौ, 2019-09-15, आईतवार

गत वर्ष प्रदर्शनमा आएको अभिनेत्री शिल्पा पोखरेल र अभिनेता अनुप विक्रम शाहीको प्रमुख भूमिका रहेको फिल्म ‘वीराङ्गना’ का प्रस्तुतकर्ता रघु परियारले नयाँ फिल्मको घोषणा गरेका छन् । शनिबार आफ्नो जन्मदिन मनाउँदै उनले ‘मन परेसी पर्‍यो पर्‍यो’ नाममा फिल्म बनाउने घोषणा गरेका हुन् । रुपेश थिङ तामाङले फिल्मको निर्देशन गर्नेछन् । 

एजेन्सी, मुम्बई, 2019-09-14, शनिवार

बलिउड अभिनेता आयुष्मान खुरानाको नयाँ फिल्म ‘ड्रीम गर्ल’ लाई क्रिटिक्सबाट निकै राम्रो रिभ्यू र रेटिङ मिलेको छ । यसको सिधा असर फिल्मको पहिलो दिनको बक्सअफिस कलेक्सनमा परेको छ । राज शान्डिल्य निर्देशित फिल्मले ओपनिङ डेमा सानदार प्रदर्शन गरेको छ । यो फिल्म आयुष्मानको सबैभन्दा ठूलो ओपनर बनेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-09-14, शनिवार

कुनै समय भिलेन भनेपछि अलिकति डरलाग्दो, तर्सिने खालको, बिग्रेको अनुहार भएको सोचिन्थ्यो । तर, जब नेपाली फिल्ममा अभिनेता अनुपविक्रम शाहीको प्रवेश भयो तबदेखि भिलेनको परिभाषा नै बदलिएको छ । उनले भिलेनको भूमिका गर्ने कलाकार पनि हिरोभन्दा ह्यान्डसम हुन्छन् भन्ने नयाँ मानक स्थापित गरेका छन् । अहिले नेपाली फिल्ममा ह्यान्डसम हिरोभन्दा ह्यान्डसम भिलेनको प्रवेश बढ्दो छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-09-14, शनिवार

‘चपली हाइट २’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी बोल्ड एण्ड व्यूटिफूल एक्ट्रेस परमिता आरएल राणाले पहिलो पटक तेलुगू फिल्ममा अभिनय गर्ने भएकी छन् । तेलुगू फिल्मका एक्सन सुपरस्टार गोपीचन्दको प्रमुख भूमिका रहने बेनामे फिल्ममा उनी लिड अभिनेत्रीको रुपमा रहेकी छन् । गोपीचन्दसँग फिल्ममा उनको जोडी बाँधिएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-09-13, शुक्रवार

पछिल्लो समय नेपाली फिल्मका गीतमा पुराना चर्चित गीतलाई रि-एरेञ्ज गर्ने चलन बढेको छ । यसैक्रममा दशैंको घटस्थापना (असोज १०) बाट प्रदर्शनमा आउन लागेको भेट्रान निर्देशक अशोक शर्मा निर्देशित फिल्म ‘रातो टिका निधारमा’ मा पनि दशक अगाडिको सुपरहिट फिल्म ‘अल्लारे’ को सदाबहार गीत ‘रातो टीका निधारमा टलक्क टल्कियो’ लाई रि-एरेञ्ज गरेर राखिएको छ । शुक्रबार निर्माण टिमले यो गीतको रिमेक भर्सन सार्वजनिक गरेको छ । 

Results : 9301 - 9306 of 24024
Most Visited News (monthly)