Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

हलमा कस्तो छ ‘च च हुई’ को अवस्था ?

फिल्मीखबर, काठमाण्डौ, 2019/11/24
अभिनेता आर्यन सिग्देलले अभिनेत्री मिरुना मगरसँग रोमान्स गरेको फिल्म ‘च च हुई’ शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको छ । रिलिज पूर्व खासै राम्रो हाइप निर्माण गर्न नसकेको फिल्मले हलमा भने दर्शक राम्रो तान्ने अपेक्षा गरिएको थियो । तर, फिल्मले बक्सअफिसमा निकै कमजोर सुरुवात गरेको छ । शुक्रबार बिहान प्रायः मल्टीप्लेक्समा दर्शक नभएर शो नै रद्द भएको थियो । 
 
शनिबारबाट भने फिल्मले गति लिएको वितरक करण श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘फिल्मले अपेक्षाकृत ओपनिङ गर्न नसकेकै हो । यो नकार्न मिल्दैन । शुक्रबार हलमा दर्शकको उपस्थिति खासै राम्रो थिएन । तर, शनिबार ११ बजेबाट फिल्मले आफ्नो गति लिएको छ । मल्टीप्लेक्स र सिंगल स्क्रिन सबैतिर फिल्म हाउसफुल थियो । आइतबार पनि फिल्म हेर्ने दर्शक राम्रो छन् ।’
 
 
फिल्म हेर्ने एकजना पनि दर्शक नभएपछि प्रायः मल्टीप्लेक्स हलहरुले शुक्रबारको बिहानी शो रद्द गरेका थिए । यसलाई कतिपयले अभिनेता आर्यनको युग सकिएको समेत भन्न भ्याएका छन् । तर, चिसो मौसमका कारण दर्शकको उपस्थिति नभएकाले शुक्रबारको बिहानी शो रद्द भएको वितरक श्रेष्ठको तर्क छ । उनी आर्यनको युग सकिएको स्वीकार गर्ने पक्षमा छैनन् । ‘आर्यनको युग सकिएको भए शनिबार फिल्म कसरी हाउसफुल भयो ?,’ उनी प्रश्न गर्छन् । 
 
‘वर्ड अफ माउथ’ बलियो भएका कारण ‘च च हुई’ लामो रेसको घोडा बन्ने उनको विश्वास छ । फिल्म हेर्नेले मेकिङको प्रशंसा गरेका छन् । भने, आर्यनसहित मिरुना मगर र भोलाराज सापकोटाको अभिनय रुचाइएको छ । तर, कथा र पटकथा कमजोर हुँदा दर्शकलाई फिल्म झेल्न सकस परेको छ । कमजोर ओपनिङ मिलेका कारण २ करोडमा बनेको फिल्मलाई लगानी सुरक्षित गर्न गाह्रो देखिएको छ । 
 
यो फिल्मबाट आर्यन र मिरुनालाई निकै ठूलो आश थियो । किनकि, यी दुई अभिनीत पछिल्ला कुनै फिल्मले बक्सअफिसमा हिटको व्यापार गर्न सकेका थिएनन् । ‘च च हुई’ ले फ्लप फिल्मको श्रृंखला रोक्ने दुबैको विश्वास थियो । तर, फिल्म हेर्न हलमा दर्शकको उत्साहजनक भीड नदेखिनुले दुईको आशा निराशामा परिणत हुने देखिएको छ । यसका निर्देशक साम्तेन भुटिया हुन् । 
Most Visited News (monthly)