Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(12 votes, avg 2.00/5.00)
Text size:-
+
-

पुनः ‘यात्रा’ निर्देशकसँग टिमअप गर्दै सलिन ?

फिल्मीखबर, काठमाण्डौ, 2019/11/25
 
गएको दुई वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर २’ बाट सानदार डेब्यू गरेका अभिनेता सलिनमान बनियाँको दोस्रो फिल्म ‘यात्रा’ गत वर्षको चैत अन्तिममा रिलिज भएको थियो । डेब्यू फिल्ममा अभिनयको आलोचना खेपेका उनले दोस्रो फिल्ममा केही हदसम्म तारिफ बटुले । तर, आफ्नै डेब्यू फिल्मको तेस्रो सिरिजसँग जुध्दा फिल्मले हलबाट लगानी उठाउन सकेन । 
 
‘यात्रा’ मा सलिनको एक्सनको निकै प्रशंसा भएको थियो । उनले अभिनयमा पनि धेरथोर निखारता ल्याएका थिए । तर, यो फिल्मपछि उनले ६ महिना आराम गर्ने घोषणा गरे । ‘यात्रा’ रिलिजको ६ महिना वितिसकेको छ । अब, उनी नयाँ फिल्म गर्ने सोचमा छन् । तर, अहिलेसम्म नयाँ फिल्म साइन गरेका छैनन् । निर्माताहरु भने उनलाई फिल्ममा लिन हानाथाप गरिरहेका छन् । 
 
अहिले फिल्मवृतमा सलिनमानले ‘यात्रा’ निर्देशक सम्राट शाक्यसँग पुनः टिमअप गर्न लागेको चर्चा छ । प्राप्त जानकारी अनुसार, निर्देशक शाक्यले सलिनलाई फिल्मको स्क्रिप्ट सुनाइसकेका छन् । सलिन फिल्म गर्न सकारात्मक रहेको बताइन्छ । निर्देशक शाक्यले सोमबार एक भेटमा बजारमा चलेको हल्लामा केही हदसम्म सत्यता रहेको बताए । तर, उनले अरु खुलाउन चाहेनन् । 
 
उनले भने, ‘फिल्मको विषयमा सलिनसँग कुरा भएको अवश्य हो । तर, अहिलेसम्म कुनै टुंगो लागेको छैन ।’ ‘यात्रा’ मा निर्देशक शाक्यको निर्देशकिय क्षमताको फिल्मकर्मी र दर्शकले प्रशंसा गरेका थिए । दर्जनौं फिल्ममा चिफ असिस्टेन्टको रुपमा काम गरेका उनको यो डेब्यू फिल्म थियो । पुनः सलिन र सम्राटबीच सहकार्य भए दुईको जुगलबन्दी हेर्न दर्शकलाई निकै रोचक हुनेछ ।
Most Visited News (monthly)