Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सुपर ३०’ को सिक्वेल बनाउने तयारी

एजेन्सी, मुम्बई, 2019/11/24
 
ऋतिक रोशन स्टारर ‘सुपर ३०’ को सिक्वेलको तयारीमा मेकर्स जुटेका छन् । सूत्रका अनुसार, फिल्मको निर्माण कम्पनी रिलायन्स इन्टरटेनमेन्टले राइटर सञ्जीव दत्तालाई फिल्मको सिक्वेल लेख्नका लागि आग्रह गरेको छ । इन्डस्ट्रीमा दत्ताको डाइलग निकै चर्चित छन् । दोस्रो पार्टको अधिकार सञ्जीव दत्ता र आनन्द कुमारबाट लिने वा फ्रि छाड्ने भन्नेमा रिलायन्स दोधारमा छ । 
 
अर्का निर्माता मधु मन्तेना चीनमा फिल्मले राम्रो व्यापार गरेको खण्डमा सिक्वेल बनाउने सोचमा छन् । चीनमा रिलिज गर्नका लागि ‘सुपर ३०’ को अलग भर्जन तयार गर्ने विषयमा निर्माण टिमबीच छलफल भैरहेको छ । प्रोडक्शन हाउससँग जोडिएको सूत्रका अनुसार, फिल्मबाट ‘जियोग्रफिया’ गीत हटाएर त्यसमा आनन्द कुमारले बच्चालाई मोटिभेट गर्ने तरिका बताइने छ । 
 
चीनमा शिक्षालाई निकै महत्त्व दिने भएकाले निर्माण टिमले यो रणनीति अपनाउन लागेको हो । महाभारतबाट एकलव्य द्वारा गुरुदक्षिणामा औंला काटेर दिएको वृतान्तको मोडर्न इन्टरप्रिटेशन पनि फिल्ममा सामेल गरिनेछ । यो फिल्म बिहारका चर्चित शिक्षक आनन्द कुमारको जीवनमा आधारित भएर निर्माण भएको हो । जसमा आनन्दको भूमिका ऋतिकले निभाएका छन् । 
 
यो फिल्ममा मृणाल ठाकुर, पंकज त्रिपाठी, अमित साध र नन्दिशा सन्धुको पनि अभिनय छ । ‘सुपर ३०’ मा आनन्द कुमारको कडा परिश्रमदेखि उनी सफल हुँदासम्मको संघर्ष देखाइएको छ । आनन्द कुमार एक यस्ता व्यक्ति हुन्, जसले गरिब र पिछडिएका वर्गका विद्यार्थीलाई आईआईटीको परिक्षा पास गर्न योग्य बनाएका थिए । उनको संस्था ‘सुपर ३०’ ले रेकर्ड बनाएको थियो । 
Most Visited News (monthly)