Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9277 - 9282 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-09-19, बिहिवार
अभिनेत्री रेखा थापाले हलका कारण पनि नेपाली फिल्म असफल हुने गरेको बताएकी छन् । अनुहार नै नबुझिने पर्दा, बस्नलाई राम्रो कुर्सी नहुने र राम्रोसँग सरसफाइ नै नहुने हलले दर्शक भड्काएको उनको आरोप छ । बिहीबारबाट बानेश्वरमा रहेको आइप्लेक्स हलमा सञ्चालनमा आएको वान सिनेमाज् हलको उद्घाटन कार्यक्रममा उनले दर्शकलाई आकर्षित गर्न देशभर स्तरिय हल सञ्चालन हुनुपर्नेमा जोड दिइन् । 
फिल्मीखबर, काठमाण्डौ, 2019-09-19, बिहिवार

फिल्म ‘झोले’ मा ‘भँगेरी डन’ को भूमिका निर्वाहा गरेपछि चर्चामा आएका कलाकार अर्जुन गुरुङको प्रमुख भूमिका रहेको फिल्म ‘गोर्खे’ को ‘गाम भरी हल्ला भो’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ । हरि लम्सालको शब्द तथा संगीत रहेको गीतमा भुषण खतिवडाको स्वर छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-09-19, बिहिवार
बानेश्वरबाट गौशलातर्फ जाने बाटोमा रहेको नवनिर्मित आइप्लेक्स मलमा मल्टीप्लेक्स हल सञ्चालनमा आएको छ । बिहीबार पर्यटनमन्त्री योगेश भट्टराईले ‘वान सिनेमाज’ नाम दिइएको हलको उद्घाटन गरेका छन् । अहिले फिल्म हेर्नका लागि स्तरिय हल दर्शकको रोजाइ बन्दै गएको बताउँदै उनले यसले नेपाली फिल्मको विकासमा पनि ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । 
फिल्मीखबर, काठमाण्डौ, 2019-09-19, बिहिवार

यस वर्षको महाशिवरात्रीमा प्रदर्शनमा आउन लागेको मल्टीस्टारर फिल्म ‘लप्पन छप्पन २’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । अभिनेता द्वय सौगात मल्ल र अर्पण थापालाई मात्र स्थान दिइएको फिल्मको सार्वजनिक पोस्टर आकर्षक बनाइएको छ । पोस्टरमा सौगात र अर्पणलाई निकै फरक लुक्समा देख्न सकिन्छ । अभिनेता अर्पणको हेयर स्टाइलले ध्यान खिच्न सक्छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-09-19, बिहिवार
अहिलेका चल्तीका अभिनेता अनमोल केसीलाई ‘स्टार’ बनाएको फिल्म ‘होस्टेल’ को दोस्रो पार्टबाट अभिनय यात्रा थालनी गरेका अभिनेता सुशील श्रेष्ठ गएको डेढ वर्षदेखि पर्दामा देखिएका छैनन् । उनको पछिल्लो रिलिज फिल्म ‘कारखाना’ हो । यस वर्ष भने उनको प्रमुख भूमिका रहेका दुई फिल्म रिलिज हुँदैछन्, ‘लभ डायरिज’ र ‘बादशाह जुट’ । यी दुई फिल्ममाथि उनको निकै ठूलो आशा र भरोसा छ । 
एजेन्सी, मुम्बई, 2019-09-18, बुधवार

अहिले भारतीय बक्सअफिसमा दुई फिल्मले सानदार व्यापार गरिरहेका छन् । अभिनेता आयुष्मान खुरानाको फिल्म ‘ड्रीम गर्ल’ ले प्रदर्शनको पाँच दिनमा ५९ करोड ४० लाखको व्यापार गरिसकेको अवस्थामा दोस्रो हप्तामा प्रदर्शनरत अभिनेता सुशान्त सिंह राजपूत र अभिनेत्री श्रद्धा कपूर अभिनीत फिल्म ‘छिछोरे’ १२ दिनमा सय करोड क्लबमा सामेल भएको छ । 

Results : 9277 - 9282 of 24024
Most Visited News (monthly)