
हास्यटेलिसिरियल ‘मेरी बाँस्सै’ मा ‘तक्मे बुढा’ को भूमिका निर्वाहा गरेपछि एकाएक चर्चामा आएका कलाकार विल्सन विक्रम राईको पछिल्लो समय फिल्ममा व्यस्तता बढ्दो छ । फिल्ममा उनी भएपछि हलमा दर्शक बाँध्न गाह्रो नहुने सोचाइ मेकरमा व्याप्त छ । पर्फेक्ट कमिक टाइमिङले दर्शकलाई हँसाउन सिपालु उनको नयाँ फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।

गएको दुई वर्ष अगाडि प्रदर्शनमा आएको नारी संवेदनामाथि फिल्म बनाउन सिपालु मानिने नवल नेपाल निर्देशित फिल्म ‘मंगलम’ बाट अभिनेता पुष्प खड्का लाइमलाइटमा आए । यसमा उनले निर्वाहा गरेको भूमिका र अभिनयको सर्वत्र प्रशंसा भएको थियो । अभिनयको हिसाबले ‘मंगलम’ उनको तेस्रो फिल्म थियो । तर, उनको करिअरका लागि यो फिल्म कोशेढुंगा सावित भएको थियो ।



असोज ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको रामबाबु गुरुङ निर्देशत फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को तेस्रो गीत ‘माया पिरती’ सार्वजनिक भएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरी फिचर्ड रोमान्टिक गीतमा अहिलेका लोकप्रिय गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटाको गायन, संगीत र शब्द छ ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’ बाट सार्क फिल्म फेस्टिवलमा जुरी अवार्ड र राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय चलचित्र पुरस्कार हात पारेपछि अहिले अभिनेत्री स्वस्तिमा खड्कालाई ‘नम्बर वान अभिनेत्री’ भन्न थालिएको छ । यो फिल्ममा उनले गरेको अभिनय निकै प्रशंसा भएको थियो । भलै, फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरेन ।

