Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9271 - 9276 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-09-20, शुक्रवार

गएको जेठमा प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ पछि नेपाली फिल्मको व्यापार खस्किएको छ । आश गरिएका फिल्मले समेत राम्रो व्यापार गर्न सकेका छैनन् । साउन र भदौमा प्रदर्शनमा आएका तीन ठूला फिल्म ‘हजार जुनीसम्म’, ‘जाइरा’ र ‘मारुनी’ ले नेपाली फिल्मको व्यापार चलायमान बनाउने अपेक्षा गरिएको थियो । तर, यी कुनै फिल्मले हलमा दर्शक आकर्षित गर्न सकेनन् । जसले फिल्मकर्मीमा निराशा छाएको थियो । 

फिल्मीखबर, काठमाण्डौ, 2019-09-20, शुक्रवार

नेपाली फिल्मको इतिहासमा बक्सअफिसमा ठूलो अंक जोड्न सफल फिल्म ‘छक्का पञ्जा’ टिमले निर्माण गरेको नयाँ फिल्म ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार उद्घाटन भएको बानेश्वरमा अवस्थित ‘वान सिनेमाज’ हलमा आकस्मिक पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलर ‘वडा नम्बर ६’ फ्लेवरको छ । अर्थात् राजनीति पृष्ठभूमिमा प्रेम बुनिएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-09-20, शुक्रवार

संविधान दिवसको अवसर पारेर शुक्रबारबाट देशव्यापी प्रदर्शनमा उत्रिएको मौलिक कथामा फिल्म बनाउन सिपालु मानिने निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को बिहीबार साँझ राजधानीको जय नेपाल हलमा भव्य प्रिमियर राखिएको थियो । जहाँ पत्रकार र फिल्मकर्मीहरुको घुइँचो लागेको थियो । प्रिमियरमा फिल्ममा अभिनय गर्ने प्रायः सबै कलाकारहरु उपस्थित थिए, अभिनेता कर्माबाहेक । 

फिल्मीखबर, काठमाण्डौ, 2019-09-20, शुक्रवार

मंसिर २० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै टेक पौरखी राई निर्देशित फिल्म ‘माया पिरिम’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । फिल्मको थिमअनुसार तयार पारिएको दुई पोस्टरमा कोशिश क्षेत्री, किरण चन्द, अन्जली अधिकारी, अर्जुन गुरुङलगायतका कलाकारहरु फिचर्ड छन् । पोस्टरले नै फिल्म लभस्टोरी कथामा निर्माण भएको प्रस्ट्याउँछ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-09-20, शुक्रवार

आफूभन्दा आधा उमेर बढि फिल्म निर्माता छविराज ओझासँग विवाह गरेकी अभिनेत्री शिल्पा पोखरेलका लागि यो वर्ष न सम्झनलायक न त विर्सनलायक नै बनेको छ । गएको असारमा उनले श्रीमान् ओझाविरुद्ध प्रहरीमा घरेलु हिंसाको उजुरी दिइन् । प्रहरीले दुबैलाई अब कहिल्यै झगडा नगर्ने सम्झौता गराएर घर पठायो । तर, शिल्पा छविको घर गइनन् । अब सँगै बस्न नसक्ने भन्दै उनले डिभोर्सको फाइल अदालतमा पेश गरिन् ।  

फिल्मीखबर, काठमाडौं, 2019-09-20, शुक्रवार

यस वर्षको सबैभन्दा ठूलो रिलिज मानिएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ संविधान दिवसको सार्वजनिक विदा पारेर शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको छ । ‘कबड्डी’ बाट मौलिक कथा पस्किएका निर्देशक रामबाबु गुरुङ निर्देशित यस फिल्मले देशभरका मल्टीप्लेक्स र सिंगल दुबै स्क्रिनमा आफ्नो बलियो उपस्थिति जनाएको छ । मल्टीप्लेक्समा यो फिल्मले सर्वाधिक सोज पाएको छ, जुन यसअघि कुनै नेपाली फिल्मले पाएका थिएनन् । 

Results : 9271 - 9276 of 24024
Most Visited News (monthly)