
‘धुर्मुस सुन्तली फाउन्डेसन’ ले भरतपुरको चितवनमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणलाई असोज ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस वर्षको बहुप्रतिक्षीत फिल्ममध्ये एक ‘कबड्डी कबड्डी कबड्डी’ टिमले तीन लाख आर्थिक सहयोग गरेको छ । आइतबार सिताराम कट्टेललाई फिल्मका अभिनेता दयाहाङ राई र विल्सन विक्रम राईले चेक हस्तान्तरण गरे ।

बलिउड अभिनेता आयुष्मान खुरानाको फिल्म ‘बधाई हो’ गत वर्ष प्रदर्शनमा आएको थियो । अब यो फिल्मको तेलुगू रिमेक निर्माण हुने भएको छ । फिल्ममा लिड रोल साउथका सुपरस्टार नागा चैतन्यले निर्वाहा गर्नेछन् । ‘बधाई हो’ मा लिड रोल आयुष्मानले निभाएका थिए र 'दंगल' गर्ल सान्या मल्होत्रा, नीना गुप्ता, गजराज राव, सुरेखा सीकरीलगायतका कलाकारको अभिनय थियो ।

‘लुट’ सिरिजका निर्माता माधव वाग्लेले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । आधा दर्जन बढी फिल्मको निर्माण गरिसकेका उनले निर्देशन गर्ने फिल्मको नाम ‘पारस : द अनलक्की म्यान’ जुराइएको छ । आइतबार उनले आफ्नो आधिकारिक फेसबुकबाट फिल्मको घोषणा गरे । फिल्मले एक अनलक्की पुरुषको कथा भन्नेछ ।

प्रविधिअनुसार चल्न नसक्दा सिंगल थिएटरहरु विस्तारै विस्थापित भइरहेका छन् । भने, मल्टीप्लेक्सको उदय तिव्र गतिमा भइरहेको छ । टिकट मुल्य महँगो भए पनि उच्च क्वालिटीमा फिल्म हेर्न पाइने हुँदा अहिले दर्शकको मल्टीप्लेक्समा आकर्षण बढ्दो छ । त्यसैले केही वर्षयता राजधानी भित्र र बाहिर मल्टीप्लेक्सको विस्तार तिव्र गतिमा भइरहेको छ ।

शुक्रबारबाट बलिउड अभिनेत्री सन्नी लियोनीले कम्मर कर्माएको नेपाली फिल्म ‘पासवर्ड’ प्रदर्शनमा आएको छ । प्रदर्शनको अघिल्लो दिन राजधानीमा तामझामका साथ फिल्मको प्रिमियर गरिएको थियो । जहाँ अभिनेत्री सन्नी पनि उपस्थित भएकी थिइन् । उनी यही फिल्मको प्रिमियरमा सहभागी हुनका लागि भारतबाट नेपाल आएकी थिइन् । गीतमा नाच्न भारतबाट लण्डन पुगेकी थिइन् ।

अहिलेका सर्वाधिक डिमान्डेड र महँगा अभिनेता हुन्, प्रदीप खड्का । उनी अभिनीत फिल्म ‘प्रेमगीत २’ बाहेक कुनै फिल्म बक्सअफिसमा सफल छैनन् । तर, त्यसको असर उनको ‘ब्रान्ड भ्यालू’ मा परेको छ । पछिल्लो रिलिज फिल्म ‘लभ स्टेशन’ ले आफ्नो फ्लप श्रृंखलामा पूर्णविराम लगाउनेमा उनी विश्वस्त थिए । तर, एक टर्कीस फिल्मको कथा हुबहु चोरिएको प्रमाणित भएपछि फिल्मले हलमा पानी भन्न पाएन ।

